संसद्‍ विघटनविरुद्ध राजधानीमा नेकपाको विशाल जनप्रदर्शन (फोटो फिचर)

संसद्‍ विघटनविरुद्ध राजधानीमा नेकपाको विशाल जनप्रदर्शन (फोटो फिचर)

काठमाडौं : प्रतिनिधिसभा विघटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अहिले राजधानीमा विशाल सभा गर्दैछ । बिहन ११ बजे राजधानीका विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन अहिले सभास्थल पुगेको छ । पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेको हो । 

विरोध सभामा सहभागी हुन नेकपाले गाउँ(गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताले सम्बोधन गर्दैछन् । 

यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गरेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ। पार्टीको दुई समूहले आआफ्नो पक्षका प्रदर्शन र सभालाई निरन्तरता दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.