डाक्टर पनि  श्रमजीवी होइनन् र ?

डाक्टर पनि  श्रमजीवी होइनन् र ?

घटना १

तीन कक्षामा पढ्ने एकजना बालक शिक्षिकालाई चिन्तित हुँदै प्रश्न गर्छन्, ‘मिस, समिरले भनेको मेरा बाबाले मान्छे मारेका रे ?’ शिक्षिका स्तब्ध बन्छिन्। उनले जबाफ दिन नपाउँदै ती बालक थप प्रश्न गर्छन्, ‘समिरले झूटो बोलेको हो नि मिस ?’ मिसलाई ती बालकका बाबा ठूलो अस्पतालमा कार्यरत कहलिएको डाक्टर हुन् भन्ने थाहा थियो। उनी हत्यारा त हुन सक्दैनन्।

त्यसैले उनले सहज बन्दै समिरले जिस्काएको भन्ने जवाफ दिइन्। तर शिक्षिकाको कूतुहल बढ्यो र उनले समिरलाई बोलाएर सोधिन्, ‘बाबु, किन त्यसो भनेको ? समिरले टोलका ठूला मान्छेले केही दिनअघि मात्र उपचार गराइरहेको एक बिरामीलाई अस्पतालमा डाक्टरले मारेको कुरा सुनेको बताए। ती डाक्टर अरू नभई उसकै साथीका बाबा रहेकाले भनेको बताए। उनका कुराबाट झसंग भएकी शिक्षिकालाई स्मरण भयो– केही दिन अघि मात्र सञ्चारमाध्यममा आएको समाचार। समाचारमा लेखिएको थियो– चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु।

घटना २
‘कस्तो राम्रो घर रहेछ, कसको होला ?’, विराटनगरभित्रको बाटोमा ठूलो क्षेत्रफलमा पर्खालले घेरेको तीनतले घर देखाउँदै पैदल हिँडिरहेका एक युवक सँगैका साथीलाई सोध्छन्। तत्काल जवाफ दिँदै साथी भन्छन्, ‘डाक्टरको हो।’ डाक्टरको घर भन्ने सुन्नासाथ पहिलो साथीले प्रतिक्रिया दिइहाले, ‘बिरामीलाई लुटेर बनाएको होला।’

यी घटना केही उदाहरण मात्र हुन्। चिल्लो कारमा ओर्लिएर अस्पतालमा छिर्दा गार्डदेखि चिन्ने सबैले नमस्कार टक्य्राउने, वार्डमा पुग्नेबित्तिकै सिस्टरहरूले स्वागत गर्ने आकर्षक पहिरनमा सजिएका आकर्षक व्यक्तित्व हुन् डाक्टर। तर अब त्यो आकर्षणमा सकारात्मकभन्दा पनि नकारात्मक ईष्र्या, जलन वा सामाजिक वितृष्णा बढी झल्किन थालेको छ।

अस्पतालमा रमाइलो गर्न वा मेला भर्न कोही आउँदैनन्। स्वास्थ्यमा समस्या भएपछि नै अस्पताल जाने गरिन्छ। स्वास्थ्य समस्या लिएर अस्पताल आएका बिरामीको उपचार सफल बनाउने प्रयास चिकित्सक र चिकित्सक समूहको रहन्छ। सफल उपचारको चाहना भए पनि सधैं सफलता प्राप्त गर्न सकिँदैन। सधैं उपचार सफल हुने भएको भए डाक्टरका परिवारमा कहिल्यै मृत्यु हुँदैनथ्यो होला। अस्पताल पुगेका र पुग्न नसकेका केही बिरामीको कहिलेकाहीं मृत्यु हुने गर्छ। यसरी बिरामीको मृत्यु हुनुका कारण अनेक हुन सक्छन्।

कतिपय रोग कडा प्रकृतिका हुन्छन्। रोगको निदान गरेर उपचार सुरु गर्नुअगाडि नै मृत्यु हुन सक्छ। कतिपय अवस्थामा रोग निकै फैलिइसकेपछि मात्र वा उपचार गर्न नसक्ने अवस्थामा मात्र अस्पतालमा आइपुगेका हुन्छन् भने कतिपय अवस्थामा औषधि नै पत्ता लागेको हुँदैन। हाम्रो देशको कति अस्पतालमा रोग निदान र उपचारका लागि चाहिने सबै उपकरण, जनशक्ति तथा अन्य सुविधा पर्याप्त हुँदैनन्। जसले गर्दा समयमा प्रभावकारी उपचार पद्धति अपनाउन सकिँदैन।

बिरामीको सेवामा समर्पण हुने चिकित्सकलाई सम्मान गर्न नसके पनि कम से कम हत्यारा वा लुटेरा भन्ने अवस्था नमिम्त्याऔं।

यसबाहेक कमीकमजोरी हुँदै हुँदैन भन्न सकिँदैन। कहिले औषधिमा, कहिले परीक्षणको रिपोर्टमा, कहिले निदानको तरिकामा त कहिले चिकित्सकको ज्ञान र सीपमा कमजोरी हुन सक्छन्। सबै अवस्थामा चिकित्सककै कमजोरी मात्र हुन्छन् भन्ने पक्कै हुँदैन। तर पछिल्लो चरणमा बिरामीको मृत्यु भएमा दोष पहिचान गर्नेभन्दा पनि चिकित्सकलाई दोष देखाउने चलन बढेको छ। यस्तो अवस्थामा सोझै ‘डाक्टरले मारेको’ भन्ने गरिन्छ। मानौं डाक्टरले बिरामी बोलाएर वा झुक्यिाएर मारेको हो। मृत्युको कारण त रोग हो, डाक्टरले बचाउन असफल भएको वास्तविकता कसैले बुझ्न खोजेको देखिँदैन। यसरी चिकित्सकलाई हत्याराभन्दा उनको सामाजिक र पारिवारिक जीवनमा कस्तो असर पर्छ ? कसले बुझ्ने कोसिस गरेको देखिँदैन।

एउटा पानीको धारा बनाउने प्लम्बरले घरमा पानी तान्ने मोटर जोडिसकेपछि कति पारिश्रमिक दिन्छौं ? अनि निजी अस्पतालमा पनि चिकित्सकसँग परीक्षण गराउन लाग्ने शुल्क कति छ ? काम सानो र ठूलो भन्न खोजेको होइन। तर कामको प्रकृति, गम्भीरता र कामका लागि चाहिने सीप तथा दक्षतालाई आधार मान्ने हो भने यी दुई कामको पारिश्रमिक वा मूल्यमा जुन अन्तर हुनुपर्ने हो, हाम्रो देशमा पक्कै छैन। अझ धेरैवटा अवस्थामा प्लम्बरको शुल्क वा ज्याला डाक्टरको शुल्कभन्दा बढी देखिएको हुन सक्छ। तर हामी डाक्टरलाई लुटेको भन्न अप्ठ्यारो मान्दैनौं। मानिस बिरामी भएको अवस्थामा उपचारका लागि भएका खर्च सम्झन्छ। सामान्य बिरामीमा पनि निकै रकम खर्चिएको देख्छ। बिरामीले औषधि र विभिन्न परीक्षण (रगत, दिसा, पिसाब, एक्स रे आदि) मा खर्चिएको पैसा पनि डाक्टरकै सन्झन्छ, जुन यथार्थ होइन।

अधिकांश डाक्टरहरूको आर्थिक स्तर राम्रो हुन्छ। राम्रा गाडी, सुन्दर घर, आकर्षक पहिरन अनि महँगा ग्याजेट प्रयोग गरेका डाक्टर देख्दा निकै कमाइ भएको अनुमान गर्नु स्वाभाविक होला। तर यो कमाइ लुटेर ल्याएको भन्नु घातक हो। औसत नेपालीभन्दा कैयन् गुणा बढी समय उच्च सतर्कताका साथ डाक्टरले काम गर्नुपरेको हुन्छ। चिकित्सकीय पेसामा ९ वा १० बजेदेखि ४ वा ५ बजेसम्मको ड्युटी मात्र हुँदैन। यी नियमित समयमा भौतिक रूपमा सक्रिय भएर काम गर्नुसँगै आकस्मिक रूपमा चौबीस घन्टा सक्रिय र सचेत हुनुपर्छ। बिरामीको अवस्था र गम्भीरताले थपिने समय र मानसिक तनाव पनि थपिएको हुन्छ।

हाम्रोजस्तो कम जनशक्ति भएको देशमा भनेका बेला बिदा पाइन्छ भन्ने हुँदैन। दसैं, तिहार, चाडपर्व, सार्वजनिक बिदा, बन्द, हडताल सबै अवस्थामा पालो मिलाएर ड्युटी गर्नुपर्छ। चिकित्सकले जस्तै मेहनत गरे जुनसुकै पेसाका श्रमजीवीले चिकित्सकभन्दा बढी सम्पत्ति जोड्न सक्नेमा दुईमत पक्कै नहोला।
अस्पताल सफा भए पनि रोग र रोगका जीवाणुका बीचमा सधैं बिरामीका पीडा सुन्नु, बुझ्नु, हेर्नु र सधैं रोग र रोगका जीवाणुसँग काम गर्नु सानोतिनो होइन। त्यस्तो वातावरणमा पनि जिम्मेवारीका साथ आफू र आफ्ना परिवारसमेतलाई बिर्सेर बिरामीको सेवामा समर्पण हुने चिकित्सकलाई सम्मान गर्न नसके पनि कम से कम हत्यारा वा लुटेरा भन्ने अवस्था नमिम्त्याऔं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.