बलात्कारका अभियुक्त सात वर्षपछि पक्राउ
जाजरकोट : बलात्कार मुद्धामा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका जाजरकोट कुशे गाँउपालिका २ टालेगाँउका ३१ वर्षीय साजन सिंह सात वर्षपछि पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्धामा २०७० सालमा चार वर्षको जेल सजाय सुनाइएका साजन बुधबार पक्राउ परेका हुन् । उनी हालसम्म फरार प्रतिवादीको सूचिमा रहेका थिए । प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन ।
गाउँकै एक २१ वर्षयी युवती जबरजस्ती करणी गरेको अभियोग उनलाई लागेको थियो । पक्राउ परेका सिंहलाई जिल्ला अदालत जाजरकोटको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए ।