भारतमा नेपाली बालिकामाथि अक्षम्य अपराध

भारतमा नेपाली बालिकामाथि अक्षम्य अपराध

गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो। घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ। 

बारबर्दिया नगरपालिका -६ मा अवस्थित श्री नवज्योति आधारभुत विद्यालयको कक्षा २ मा अध्ययनरत बालिका कोभिड महामारीमा विद्यालय बन्द भएको बेला असोज महिनामा आमावुवासँगै भारत गएकी थिइन्। बालिकाका बाबु खड्ग बहादुर वि.क. ८ वर्षदेखि विहारको चैनपुर स्थित बजारमा चौकीदारका रुपमा काम गर्दै आएका छन्। बर्दिया खुरखुरेस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दलित परिवारमा एक्कासि बज्रपात आइपरेपछि परिवारसँगै सिंगो बर्दिया शोकमा डुबेको छ। 

दिउँसो भाडामा बस्दै आएको कोठामा घटना भएर छोरीको मृत्यु भएपछि वि.क. परिवार यतिखेर गम्भीर पिडामा छन्। घटनालगत्तै कोठामा मृतक बालिकाको भाई आई चुक्कुल खोलेर हेर्दा बहिनीको अवस्था देखेर बेहोस भए। खड्गबहादुरले छोरीको अवस्था थाहा पाएपछि तुरुन्त अस्पताल पुर्‍याएपनि छोरीलाई बचाउन सकेनन्। घटना थाहा पाएपछि विहारमा बस्दै आएका केही आफन्तहरु त जम्मा भए तर घटनाको बारेमा सत्य थाहा पाउन सकेनन्। घरबेटी लगायत उनका आफन्तहरुले बालिकाको शव जलाउन दबाब दिएपछि डरत्रास र धम्कीमा उनीहरुले बस्दै आएको डेरादेखि करिब १ सय मिटरको दुरीमै स्थानियकै सहभागितामा शव जलाउन बाध्य बनाइयो। अन्त्येष्टिमा संलग्न मृतकका भिनाजु नवलसिंह विकले बताए। घटनाको कुनैपनि प्रमाण राख्न पाएनौँ। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो। 

भारतीय मिडियाहरुले पनि बलात्कारको घटनाभन्दै महत्व दिएको छ। उनले भने 'मोतिहारी जिल्ला एसपीले पीडितको निवेदन दर्ता भएपछि तत्काल थानेदारलाई निलम्बन गरेका छन्। विहार प्रहरीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको र फरार ९ जनाको खोजी शुरु गरेको छ। भारतीय प्रहरीले घटनास्थल अनुसन्धान शुरु गरेको विकले प्रष्ट्याए। प्रवासमा नेपाली बालिकाको बलात्कारपछि भएको हत्याको यथार्थ छानविन हुनुपर्छ।  उनले दोषीलाई हदैसम्मको कारवाहीको माग गरे। न्यायका लागि दबाब दिन सबैलाई उनले अनुरोध गरेका छन्। 

घटनाको प्रमाण नष्ट
बालिको मृत्यु रहस्यमय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ। 'बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स्थानियले दिएको दवाबबाट पनि घटना घटाइएको प्रष्टिन्छ' मृतककी दिदि लक्ष्मीदेवी विकले भनिन्। बहिनिको मृत्युपछि आमाबुबालाई पनि डरत्रास र धम्की दिइएको छ।

मृतक बालिकाको शव मृतककी नेपाल भएकी आमा आएपछि जलाउनेभन्दा पनि भारतका घरबेटीलगायत उनका आफन्तहरुले मानेनन्। बालिकालाई जलाएपछि त्रासले नेपाल फर्किएका आफन्त कर्णबहादुर सोनीले भने उल्टै घरबेटीले अर्कोदिन कोठा खाली गराए। खाली कागजमा मृत्युका बारेमा हस्ताक्षर गराएर शव जनाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो। सोनीले थपे 'स्थानियको दबाबले आफूहरु निरिह बन्नुपर्यो। प्रमाणहरु राख्न पाएनौ।'

विहारमा भएको घटनाले बर्दियावासीलाई पीडित बनाएको छ। घटना निन्दनिय रहेकोले भारत सरकारलाई चाँसोका साथ न्यायदिन बारबर्दियाको खुरखुरे पुगेका पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले माग गरे। पीडितलाई न्याय नदिने गरी घटना घटाइएको छ। 'सरकारले भारतसँग समन्वय गर्दै पीडित दलित परिवारलाई न्यायका लागि तत्काल पहल गर्नुपर्छ। भारतको विहारमा नेपाली बालिका माथी भएको बलात्कारपछिको हत्याको घटना अक्ष्यम्य छ।' उनले थपे, नेपाल सरकारले तत्काल पहल गरी सुकुम्वासी परिवारलाई तत्काल न्याय दिलाउनुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.