प्रतिगमनविरुद्ध अब राष्ट्रिय मुक्ति आन्दोलन : महतो

प्रतिगमनविरुद्ध अब राष्ट्रिय मुक्ति आन्दोलन : महतो

परासी : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि अब राष्ट्रिय मुक्ति आन्दोलनको जरुरी रहेको बताएका छन् । 

पार्टी जिल्ला समिति पश्चिम नवलपरासीकाले शनिबार परासीमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतोले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध भइरहेका सबै आन्दोलनलाई एकीकृत गरी राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
 

‘प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले संसद् विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेकाले अब लोकतन्त्र रक्षाका लागि छुट्टा छुट्टै होइन एकीकृत भएर आन्दोलन गर्नुको विकल्प छैन’, उनले भने, ‘त्यो आन्दोलन भनेको राष्ट्रिय मुक्ति आन्दोलन हो ।’

आफूहरुले संविधान जारी गर्दैदेखि त्यसलाई प्रतिगमनको संज्ञा दिदैं आएको बताउँदै महतोले अहिले ओलीले फेरि प्रतिगमनमाथि अर्को प्रतिगमन लादेको बताए । 

लोकतान्त्रिक मूल्य र मान्यता तथा संविधानको रक्षाका लागि आफ्नो पार्टीले थालेको आन्दोलन अझै चर्काउने उनको भनाइ छ । संसद् विघटनपछि जनताले तेस्रो शक्तिको खोजी गरिरहेको बताउँदै महतोले त्यो शक्ति आफ्नो पार्टी भएको दाबी गरे ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.