बलात्कारपछि हत्या लुकाउन प्रमाण नष्ट

बलात्कारपछि हत्या लुकाउन प्रमाण नष्ट

गुलरिया : भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए। नवलसिंह पनि सुमित्राको अन्त्येष्टिमा सहभागी भएका थिए।

‘घटनाको कुनै पनि प्रमाण राख्न पाएनौं। चैनपुर थानाका थानेदार र घरबेटीका आफन्तबीच घटना दबाउन भएको फोन वार्ताको अडियो बाहिरिएपछि घटना भाइरल भयो’, उनले भने, ‘भारतीय मिडियाले पनि बलात्कारको घटना भन्दै महŒव दिएका छन्।’

नेपालबाट आमा आएपछि शव जलाउने भन्दा पनि घरबेटीलगायतले नमानेको आफन्त कर्णबहादुर सोनीले सुनाए। बालिकाको शव जलाएपछि त्रासका कारण नेपाल फर्किएका सोनीले भने, ‘उल्टै घरबेटीले अर्को दिन कोठा खाली गराए। खाली कागजमा मृत्युबारे हस्ताक्षर गराएर शव जलाउन लगाए। पछि खाली कागजमा चिसोका कारण बालिका मरेको भन्ने लेखिएको थियो।’

बर्दियाको बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँटाकी सुमित्रा विहार राज्यअन्तर्गत मोतीहारीको चैनपुरमा माघ ८ गते मृत फेला परेकी थिइन्। ‘घटना रहस्यमय देखिन्छ। चुकुल लगाएको कोठाभित्र मृत भेटिएको थियो। खुट्टाको एकतिरको लुगा खोलिएको अवस्थामा थियो’, दिदी लक्ष्मीदेवी विकले भनिन्, ‘घाँटीमा नीलडाम देखिएको र छिटो–छिटो शव जलाउन स्थानीयले दिएको दबाबबाट पनि घटना गराएको प्रस्टिन्छ।’ घटनापछि आमाबुवालाई धम्की दिइएको उनले बताइन्।

सुमित्राका भाइ कोठामा सुमित्राको अवस्था देखेर बेहोस भएका थिए। बुवा खड्गबहादुर विकले तुरुन्त अस्पताल पुर्‍याए पनि छोरीलाई बचाउन सकेनन्। विहारमा बस्दै आएका केही आफन्त घटनालगत्तै जम्मा त भए तर त्यसको सत्य–तथ्य थाहा पाउन सकेका थिएनन्।

नवलसिंहका अनुसार पीडित पक्षको निवेदन दर्तालगत्तै मोतीहारी जिल्लाका एसपीले थानेदारलाई निलम्बन गरेका छन्। विहार प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। फरार ९ जनाको खोजी सुरु गरेको छ। घटनास्थलको अनुसन्धान सुरु भएको उनले बताए। दोषीउपर हदैसम्मको कारबाही हुनुपर्ने भन्दै न्यायका लागि दबाब दिन सबैलाई उनले अनुरोध गरे।

बारबर्दिया–६ स्थित नवज्योति आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत ती बालिका असोजमा आमाबुवासँगै भारत गएकी थिइन्। उनका बुवा खड्गबहादुरले आठ वर्षदेखि चैनपुरस्थित बजारमा चौकीदारको काम गर्दै आएका छन्। उक्त घटनापछि बर्दिया खुरखुरेस्थित सुकुम्बासी बस्तीमा शोक छाएको छ।
घटना निन्दनीय रहेकाले चासोसाथ न्याय दिन पूर्वसिँचाइमन्त्री सञ्जयकुमार गौतमले भारत सरकारको ध्यानाकर्षण गराएका छन्। पूर्वमन्त्री गौतम बारबर्दियाको खुरखुरे पुगेका थिए।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.