‘आमा कहाँ खोजूँ ?’

‘आमा कहाँ खोजूँ ?’

काठमाडौं : आमा शब्दलाई प्रायः सबैले आआफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन्। यही सन्दर्भमा चलचित्र निर्देशक अशोक थापामगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन्। 

पाँच/छ मिनेटको कथा बुन्दै उनले सांगीतिक साइनो जोडेर आमा खोजेका हुन्। ‘आमा कहाँ खोजूँ ? शीर्षकको यो कथा म्युजिकल स्टोरी हो। गहिरो खोज र मेहनतपछि थापाले आफ्नो सिर्जना दर्शकमाझ पस्केका हुन्। 

यो सांगीतिक कथामा अनाथ आश्रममा हुर्किरहेकी एउटी १० वर्षकी छोरीले जन्म दिने आमाको खोजी गरेको कथा छ। कथाको सुरुवातमा एउटी जन्म दिने आमाले विविध कारण र विवशताले आफ्नो नवजात शिशु फाल्न बाध्य बनेको कथा छ। 

अनाथ आश्रममा हुर्केकी छोरी जब बिस्तारै ठूली हुँदै जान्छे, उसले आफूलाई जन्म दिने आमाका बारेमा सोच्न थाल्छे। उनलाई आमा भेट्न मन लाग्छ। 

जस्तोसुकै भए पनि आफूलाई जन्म दिने आमालाई एक पटक भेट्न पाए हुन्थ्यो भन्ने चाहनाले उनलाई निकै सताउँछ। आश्रममा कर्म दिने आमाले जति नै माया गरे पनि उनलाई जन्म दिने आमाको अभाव खट्किरहेको हुुन्छ। 

उसले एक दिन अचानक आफू सानो छँदा खोलाको किनारमा आमाले छोडेर भागेको सपना देख्छे, अनि ब्युँझन्छे। उनलाई अझ धेरै आमाको आवश्यकता महसुस हुन्छ। त्यसपछि आमाको खोजी गर्न थाल्छे। यसमा छोरीकै धारणाबाट कथालाई प्रस्तुत गरिएको छ। 

यो एक हिसाबले हाम्रो समाजमा देखिने हजारौँ निर्दोष र अबोध अनाथ बालबालिकाको कथा हो। आमाको अभावमा हुर्किरहेका बालबालिकाभित्र लुकेका पीडा, बनावटी खुसी, बालमनोविज्ञान र जीवनमा आमाको महŒव छोटो समयमा सूक्ष्म रूपमा केलाउन खोजिएको छ। हजारौँ शिशु अनाथ हुनुमा एउटी आमाभन्दा हाम्रो समाज कति दोषी छ ? समाज नै अपराधी पो हो कि ? राज्यको नीतिले एकल महिलामा समस्या आउनुमा राज्य पो दोषी हो कि ? जस्ता प्रश्न निर्देशकले आफ्नो सिर्जनामार्फत उठान गरेका छन्। 

यो सांगीतिक फिल्ममा गीताञ्जली थापामगरको स्वर, निर्देशक स्वयंको शब्द तथा संगीत छ। भिडियोमा नेरिस्का स्थापित, रुवी मैनाली, सारिका दाहाल र सृष्टि थापामगरको अभिनय छ। यसैगरी ममता बराल आश्रम र उनको टिम पनि भिडियोमा देखिएको छ। हीना थापाको शृंगार तथा जानकी कडायतको पहिरन डिजाइन प्रयोग भएको छ। दीपक वज्राचार्यको छायांकन रहेको सांगीतिक कथाको निर्माण टेकबहादुर थापा र राजु थापाले गरेका हुन्। एम मिडिया प्रालिले निर्माण गरेको फिल्मका निर्देशक थापामगरले यसअघि कोरियन ड्रिम्स, बुरिड टियर्स, ड्रिम एन्ड रियालिटीलगायतका फिल्म निर्देशन गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.