आमाले अर्कैसँग विवाह गरेपछि बुवा वेपता, बिरामी छोराको विच्चली
विराटनगर : 'जहाँ घाउ त्यहाँ नै चोट थपिन्छ' भने जस्तै पीडाले भौतारिँदै छन् विराटनगर महानगरपालिका १७ का मो अजाज । २६ वर्षीय मो अजाज अहिले आफूलाई लागेको रोगको उचार गरिदिने सहयोगीको खोजिमा भौतारहेका छन्। एक वर्षदेखि पेट फुल्ने, नाकबाट रगत बग्ने र बेहोस हुने समस्याले थलिएका छन् ।
गहभरी आँशुका भेल बगाउँदै वडा कार्यालयमा श्रीमतीसँगै भेटिएका उनले रकम अभावमा अस्पताल भर्ना हुन सकेको भन्दै जीवन जोगाइ दिने सहयोगको खोजिमा रहेको दुखेसो पोखे।
भाडाको घरमा दुई सन्तानसहित परिवारका साथ बस्दै आएका उनको आर्थिक अवस्था कम्जोर भएकाले अस्पतालमा भर्ना हुन सकेका छैनन् । आमा रोषणी खातुनले अर्कै पुरुषसँग अर्को विहे गरेपछि बुवा पनि लामो समयदेखि वेपतापछि मजदुरी गरेर ४ जनाको परिवार धान्दै आएका थिए । उनका बुवा अहिले भारत रहेको बताइएको छ।
जन्म दिने आमा अर्कैसँग विवाह गरेर गएपछि बुवासँगै बस्दै आएका उनले स्थानीय सुन्दी खातुनसँग विहे गरेका छन् । विहे गरेपछि बुवा मो मुजाबित पनि वेपता भएका थिए। बुवा वेपता भएपछि सीमा क्षेत्रमा मजदुरी गरेर दुई सन्तानलाई पढाउँदै आएका उनको साथमा नागरिकता समेत छैन् । बुवाको जन्मसिद्ध नागरिकता भएपनि बुवा नभएकाले नागरिकता बनाउन नसकेका उनलाई किड्नीमा समस्या देखिएको छ। श्रीमान बिरामी भएपछि श्रीमतीले कमाएको रकम र गाउँघरमा चन्दा लिएर उपचार समेत गराए । तर दिनादिन समस्या बढ्दै गएको श्रीमति सुन्दरी खातुनले बताइन् ।
दवाई पसलबाट भएको पैसाले उपचार गरे केहि भएन् उनले भनिन्,' ५ हजार जोहो गरेर नोबेल अस्पतालमा गए । पुष १९ गते विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको लागि गएपछि स्वास्थ्य परीक्षण गराएँ। चिकित्सकले भर्ना गर्नुपर्ने बताएपछि पैसा अभावमा फर्खेर आएको उनले बताइन् ।
रकम अभावकै कारण भर्ना नगराएको उनले बताइन् ।' पाँच हजार ऋिण लिएर गएँ,उनले भनिन्, ' अस्पतालले तत्काल ३० हजार चाहिन्छ भनेपछि सहयोगी दाताको खोजिमा छु।कृपया मेरो श्रीमानको ज्यान जोगाइदिनुहोला।'
श्रीमान बिरामी हुँदा बच्चाको पढाइ पनि प्रभावित भएको उनले गुनासो पोखिन। बिरामी अजाजले आफ्नो उपचारका लागि सहयोग गरिदिन आग्रह गरे।