गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, आठजना घाइते (अपडेट)

गुल्मीमा जीप दुर्घटना : तीनको मृत्यु, आठजना घाइते (अपडेट)

गुल्मी : गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठजना घाइते भएका छन् । 

सदरमुकाम तम्घासबाट पराल्मी जादै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुंगा नगरपालिका–१४  को वडा कार्यालय नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा एक जनाको घटनास्थलमै र थप दुई जनाको उपचारको क्रममा तमघास अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । 

पाण्डेका अनुसार  दुर्घटनामा पराल्मीकै शान्ति नेपाली, गंगा नेपाली र एकराज पोख्रेलको मृत्यु भएको हो । 

गम्भीर घाइते दुई जनालाई उपचारका लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको तमघास अस्पतालमा उपचार भइराखेको छ । अन्य दुईजना भने सामान्य उपचारपछि घर फर्किएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.