भागरथीको शव आफन्तले बुझे, शवयात्राको तयारी

भागरथीको शव आफन्तले बुझे, शवयात्राको तयारी

धनगढी : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव आफन्तले बुझेका छन्। जिल्ला अस्पताल बैतडीमा राखिएको भागरथीको शव केही समयअघि आफन्तले बुझेका हुन्।

मृत्यु भएको १७ औँ दिनमा भागरथीको दाहसंस्कार गर्न लागिएको हो । अबको केही समयपछि भागरथीको सेरास्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिनेछ। अहिले शवयात्राको तयारी भइरहेको छ। शवयात्राका लागि स्थानीय जिल्ला अस्पतालमा भेला भएका छन्।

जिल्ला अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृतक भागरथीका परिवारलाई राहतका लागि स्थानीय र प्रदेश सरकारसँग अनुरोध गर्ने बताएका छन्। यसअघि प्रदेश सरकारले भट्ट परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको छ।

एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनले भागरथीलाई भीरबाट लडाएको र बलात्कारपछि घाँटी थिचेर मारिदिएको बयान प्रहरीसमक्ष दिएका छन्। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको थियो। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। 

भागरथीका दुई दिदी र एकजना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका मृतकका दाइ केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारत गएका थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाको किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.