विवादास्पद समुद्री गतिविधिबारे चीनलाई अमेरिकाको चेतावनी

विवादास्पद समुद्री गतिविधिबारे चीनलाई अमेरिकाको चेतावनी

वासिङटन: दक्षिण चीन सागरमा चिनियाँ अभियानलाई गैरकानुनी भन्दै अमेरिकाले विवादास्पद जलक्षेत्रमा चीनको बल प्रयोग विरुद्ध चेतावनी दिएको छ ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिनियाँ गतिविधिबारे आपत्ति जनाएको हो । हालै चीनले उसको भनिएको पानीमा विदेशी जहाज प्रवेश गर्दा त्यसविरुद्ध हतियार प्रयोग गर्नसक्ने भन्दै अधिकार सहितको कानुन बनाएपछि अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको हो ।

'हामी चिन्तित छौँ कि चीनले यस कानुनबाट दक्षिण चीन सागरमा गैरकानुनी रुपमा आफ्नो समुद्री दावी गर्नसक्छ,' विज्ञप्तिमा भनिएको छ । अमेरिकाले यसअघि पनि दक्षिण चीन सागरमा चिनियाँ दावीको अधिकांश भागलाई गैरकानुनी भन्दैआएको छ ।

अमेरिकाले लामो समयदेखि नै रणनीतिक जलमार्गमा चिनियाँ दाबीलाई अस्वीकार गर्दैआएको छ । तर अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भियतनाम र फिलिपिन्स जस्ता दक्षिणपूर्वी एसियाली देशहरुलाई विवादमा अल्झिनु भन्दा आफ्नो स्थान स्पष्ट बनाउन भनेका थिए ।

दक्षिण चीन सागर क्षेत्रमा चीन र अमेरिकाबीच कायम विवाद पछिल्लो समय गहिरिँदै गएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि दुई देशबीचको विवाद साम्य हुने संकेत देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.