अर्जेन्टिनामा कोरोना खोपको दुरुपयोग भएपछि स्वास्थ्यमन्त्रीले राजीनामा दिए

अर्जेन्टिनामा कोरोना खोपको दुरुपयोग भएपछि स्वास्थ्यमन्त्रीले राजीनामा दिए

अर्जेन्टिना: प्राथमिकताको सूचीमा नपरेका मानिसहरुले अनधिकृत रुपमा कोरोनाविरुद्धको खोप लगाएपछि अर्जेन्टिनाका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

स्वास्थ्यमन्त्री गीन्स गोन्जालेज गार्सियाले शुक्रबार अचानक राजीनामा दिएका हुन् । आफू बाहिर भएका बेला अनावस्यक रुपमा गोलमाल गरेर केही व्यक्तिहरुले खोप लगाएकोमा आपत्ति जनाउँदै उनले राजीनामा दिएका हुन् ।

यसबारे अनधिकृत रुपमा खोपको दुरुपोग गरेको भन्दै मिडियामा समेत समाचार आएपछि मन्त्रीलाई दबाब सिर्जना भएको थियो । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले मन्त्री गीन्समाथि आरोप लागेपछि राजीनामाका लागि सोधेको पनि स्थानीय मिडियाले जनाएका छन् ।

जहाँ १० व्यक्तिले उचित प्रक्रिया विना नै खोप लिएको र तीमध्ये वरिष्ठ पत्रकार समेत भएको बताइएको छ । उक्त खोप प्रकरणसँगै स्वास्थ्यमन्त्रीबारे पनि अनेक टिप्पणी आउन थालेपछि राजीनामा आएको थियो ।

खोप लगाउनेमध्ये चर्चित पत्रकार होरासिओ भर्बित्स्कीले मन्त्रीसँग पहुँचका आधारमा आफूले खोप लगाउन सफल भएको प्रतिक्रिया दिएका थिए । उनले आफ्नो पुरानो साथी समेत रहेका मन्त्रीलाई फोन गरेपछि अस्पताल गएर खोप लगाउन सुझाव दिएको प्रतिक्रिया दिएका थिए ।

गत डिसेम्बरदेखि नै अर्जेन्टिनाले रुसले विकास गरेको स्पुतनीक भी खोप वितरण गर्दैआएको छ । अर्जेन्टिनामा २ लाख ५० हजार नागरिकले खोपका २ डोज ग्रहण गरिसकेका छन् । ४ करोड ५० लाख भन्दा धेरै नागरिक रहेको अर्जेन्टिनामा २० लाख भन्दा धेरै संक्रमित छन् । तीमध्ये ५१ हजारको मृत्यु भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.