निफमा ३१ देशका ६३ फिल्म

निफमा ३१ देशका ६३ फिल्म

काठमाडौं : नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण २०७८ वैशाख २३ देखि २७ सम्म काठमाडौंमा हुने भएको छ।

यसअघि यो महोत्सव यही फागुन १२ देखि १६ सम्म काठमाडौंमा गर्ने तयारीसहित विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागि आह्वान गरिएको थियो। कोभिड–१९ का कारण महोत्सवको मिति सार्नु परेको आयोजक समितिका अध्यक्ष केपी पाठकले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी गराएका हुन्।

महोत्सव आयोजना गर्ने नयाँ मितिसहित सहभागी चलचित्रको नामावलीसमेत सार्वजनिक गरिएको छ। विश्वभरका फिल्मकर्मीलाई एकजुट बनाई हलमै फेस्टिभल गर्ने चाहना पूरा गर्न फागुनभन्दा वैशाख उपउक्त हुने भएकाले मिति सारिएको जनाइएको छ।

महोत्सवका लागि संसारका ५२ देशबाट चार सय ५० चलचित्र प्राप्त भएका थिए। विभिन्न सीमितताले गर्दा सबै देशका सबै राम्रा फिल्म छान्न वा प्रदर्शन गर्न सम्भव नहुने 

भएकाले आन्तरिक छनोट समितिले दिएको नम्बरका आधारमा उच्च नम्बर पाउने चलचित्रबाट ३१ देशका ६३ चलचित्र महोत्सवमा प्रस्तिस्पर्धाका लागि छनोट गरिएको अध्यक्ष पाठकले बताए। 

कोरोना महामारीका कारण केही पूरा हुन नसकेका र केही रिलिज नभएका कारण नेपाली फिचर फिल्म प्रतिस्पर्धामा सहभागी भएनन्। प्रतिस्पर्धाका लागि नेपाली फिचर फिल्म फाइनल नागरी अरू प्रतिस्पर्धाका लागि छनोट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको हो। 

त्यसैगरी केही विशेष, उत्कृष्ट र विषयप्रधान चलचित्र पनि प्राप्त भएमा अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने बताइएको छ। ‘विश्वका कथाहरूको कथ्यउत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीका विषयमा बनेका फिल्मलाई अलग्गै विधामा प्रतिस्पर्धा गराई अवार्ड वितरण गरिने भएको छ। कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ। यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई सात सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई पाँच सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ। त्यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार प्रदान गरिने जनाइएको छ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.