दुई महिनापछि खुल्न थाले मुस्ताङका विद्यालय

दुई महिनापछि खुल्न थाले मुस्ताङका विद्यालय

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा सञ्चालित शैक्षिक संस्था दुई महिनापछि धमाधम खुल्न थालेका छन् । गत पुसको पहिलो साता हिउँदे जाडो बिदामा रहेका विद्यालय फागुन महिना सुरु भएसँगै विद्यालयको शैक्षिक पठन/पाठन सञ्चालनमा ल्याइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंकराज बरालले जानकारी दिए ।

हिउँदयामको मौसममा मुस्ताङमा अत्यधिक हिमपातसँगै जाडो हुने भएकाले बर्सेनि मुस्ताङका विद्यालयले २ महिनाका लागि विद्यार्थीको शैक्षिक पठन/पाठन रोकेर विद्यालय बन्द गर्ने गर्छन् । मुस्ताङमा ४५ दिन वार्षिक सरकारी विदा र १५ दिन सट्टा बिदा गरी ६० दिन विद्यालयको पढाई स्थगित गरिन्छ । पुस र माघ महिनाको जाडोपछि फागुन लागेपछि भर्ना अभियान सुरु हुन्छ । 

तर ,यसपटक कोरोना कहरका कारण विद्यार्थीको पठन/पाठन प्रभावित बनेपछि पाठ्यक्रम थाँती छ । जसका कारण यो वर्ष विद्यालयको चालु शैक्षिक सत्रको पढाइ अवधि लम्बिने निश्चित छ । 

मुस्ताङका ५ स्थानीय तहमा सामूदायिक ,गुम्बा र निजी विद्यायल गरी कुल ६४ विद्यालय छन् । जसअन्र्तगत हिउँदे बिदामा रहेका ३ स्थानीय तहका विद्यालयले पठन÷पाठन संञ्चालनमा ल्याएको इकाइ प्रमुख बरालले उल्लेख गरे ।

मुस्ताङको तल्लोक्षेत्र थासाङ गाउँपालिकामा फागुन ३ गतेबाट विद्यालय खुलेको छ भने वारागुङ मुक्तिक्षेत्र गापामा आज आईतबार देखि विद्यालय खुलेको ईकाई प्रमुख बरालले बताए ।यस्तै ,मुस्ताङको घरपझोङ गापामा भने माघ १५ गतेबाटै विद्यालयको पढाई सुरु भएको जनाईएको छ । थासाङमा एक गुम्बासहित १३ विद्यालय ,वारागुङ मुक्तिक्षेत्र गापामा एक गुम्बासहित १५ विद्यालय र घरपझोङमा २ निजी सहित १० सामुदायिक विद्यालयको पठन/पाठन सुरु गरिएको हो । योसंगै थासाङमा ३ मावि ,घरपझोङमा २ मावि र वारागुङ मुक्तिक्षेत्रमा एक मावि स्तरको पढाई संञ्चालनमा आएको हो ।

मुस्ताङका ३ स्थानीय तहका ३८ वटा विद्यालयको पढाइ सुरु भएपनि उपल्लो मुस्ताङको दुई स्थानीय तहका विद्यालयको पढाई संञ्चालन नभएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापामा संञ्चालित विद्यालय बर्सेनि पुस र माघमा हिमपात र जाडोका कारण घुम्ती कक्षाका लागि बेसी झर्ने गरेपनि यसपटक कोरोना कहरका कारण घुम्ती कक्षाको पढाई नभएको जनाइएको छ । उपल्लो मुस्ताङका आधारभुत तहका विद्यालयलाई घुम्ती कक्षा नगरी विद्यार्थीलाई दुई महिना बिदा दिइएको हो । तर ,उपल्लो मुस्ताङको एक मात्र दिव्यदीप माविका कक्षा ९ र १० का विद्यार्थीलाई एसईई परीक्षालाई ध्यानमा राखेर पोखरामा घुम्ती कक्षा सञ्चालन गरिएको दिव्यदीप मावि छोसेरका प्रअ रामुप्रसाद श्रेष्ठले जानकारी दिए ।

लोमान्थाङ गापाका १० सामुदायिकसहित २ गुम्बा र २ निजी गरी १६ वटा विद्यालय र लोघेकर दामोदरकुण्डका ८ सामुदायिक र २ गुम्बा विद्यालयको शैक्षिक पठन/पाठन फागुन १५ गतेबाट सुरु हुने जनाइएको छ । तर उपल्लो मुस्ताङको दिव्यदीपका विद्यार्थी भने चैत्र महिना मात्र उकालो उक्लिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.