अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ‘ग्राउन्डेड’

अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ‘ग्राउन्डेड’

अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ । शनिवार उडेको केही छिनमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो।

डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको सो विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका थिए। कुनै मानवीय क्षतिबिनै उक्त विमान पुनः विमास्थलमा अवतरण गर्न सफल भएको थियो ।

उक्त घटनापछि जापानले सबै वायुसेवा प्रदायकहरूलाई ‘प्र्याट एन्ड ह्विट्नी ४०००’ मोडलको इन्जिन भएका बोइङ ७७७ विमानहरू आफ्नो आकाशबाट नउडाउन आग्रह गरेको छ ।

बोइङ कम्पनीले छानबिन नसकिउन्जेसम्म सो इन्जिन प्रयोग गर्ने बोइङ ७७७ विमानका सबै उडान स्थगित गर्न सुझाव दिएको छ । उसकाअनुसार विश्वभरि त्यस्ता ६९ वटा विमान प्रयोगमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.