अब आफ्नै दल दर्ता गरेर निर्वाचन लड्छौँ: स्वास्थ्यमन्त्री त्रिपाठी

अब आफ्नै दल दर्ता गरेर निर्वाचन लड्छौँ: स्वास्थ्यमन्त्री त्रिपाठी

परासी: स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गृह जिल्ला पश्चिम नवलपरासीको प्रतापपुरस्थित कठहवा गाउँको निवासमा पत्रकारहरुसँग सोमबार कुरा गर्दै मन्त्री त्रिपाठीले फागुनभित्र दल गठन भइसक्ने बताए । मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उनको भनाइ छ । आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने तरखरमा रहेको उनले दाबी गरे ।

‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन् । उनीहरु संसद् पुनर्स्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् । अर्को समूह भनेको तत्कालीन तमलोपाका नेताहरु हुन् । तमलोपाका ८० प्रतिशत भन्दा बढी नेताहरु आउने तयारीमा छन् । अन्य राजनीतिक दलका नेताहरुसँग पनि कुराकानी भइरहेको छ’ मन्त्री त्रिपाठीले भने । 
तमलोपा ब्युँताउन लागेको भन्ने टिप्पणीबारे उनले दुष्प्रचार मात्र भएको प्रतिक्रिया दिए । नयाँ दलको गठन गर्नुपर्ने आवस्यकता बारे उनले वर्गीय आधारलाई अन्य दलले समेट्न नसकेकाले त्यसैको प्रतिनिधित्वलाई समेट्ने बताए ।

‘हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । अर्को राजनीतिक आधार भनेको संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहित हुने मान्यताका साथ दल गठन हुन्छ ’ उनले भने । 

बैशाखमा चुनाव हुने नहुने भन्नेबारे सर्वोच्चको फैसला र निर्वाचन आयोगमा नेकपाको आधिकारिकता निष्कर्षपछि टुंगो लाग्ने पनि मन्त्री त्रिपाठीको भनाइ थियो।

चुनावअघि दल दर्ता नभए फेरि सूर्य चिन्ह वा नेकपाको कुनै समूहको चिन्ह लिएर चुनाव लड्नु हुन्छ भन्ने पत्रकारको जवाफमा मन्त्री त्रिपाठीले भने‘सूर्य त आफैँ फ्रिज हुन्छ कि कता जान्छ भन्नेमा नेकपाकै नेताहरुले बुझेका छैनन् । तत्कालीन अवस्थामा आफ्नै पार्टीबाट धोखा खाएर वाध्यतावश तत्कालीन एमालेसँग २ बुँदे सहमति गरेर चुनावी तालमेल गरेका हौँ । अब आफ्नै दल गठन गरेर नयाँ मूल्य मान्यताका साथ चुनाव लड्छौँ । ’ मन्त्री त्रिपाठीले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.