चितवनबाट काठमाडौं फर्किए प्रचण्ड-माधव

चितवनबाट काठमाडौं फर्किए प्रचण्ड-माधव

काठमाडौं : प्रतिनिधिसभा पुन : स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल चितवनबाट काठमाडौं फर्किंएका छन्। मंगलबार साँझ चितवन पुगेका नेकपाका अध्यक्ष ‘प्रचण्ड’ र नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं फर्किएका हुन्। 

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै चितवनमा बुधबार गरिने भनिएको विरोध सभालाई विजय उत्सव मनाउन निर्देशन दिँदै उनीहरु बिहान विमानमार्फत राजधानी फर्किएका हुन्। सभा केन्द्रीय बस ट्रमिनलमा कार्यक्रम आयोजना गरिएको थियो। 

आज मध्यान्ह १२ बजे काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन्।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माधव-प्रचण्ड पक्षले बुधबार संसदीय दलको बैठक बोलाएको छ। मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको हो। 

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई बोलाइएको छ। प्रतिनिधिसभामा नेकपाका दुवैपक्ष गरी सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद् अधिवेशन सुरु भएसँगै अविश्वास प्रस्तावमार्फत अगाडि बढ्ने संकेत माधव-प्रचण्ड समूहले गरेको छ। यो समूहले पुस ५ गते नै अविश्वास प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो। त्यसबेला प्रतिनिधिसभा विघटनअघि कि पछि दर्ता भएको भन्ने विवाद थियो। त्यही अविश्वास प्रस्तावलाई सक्रिय बनाएर संसद्बाटै टुंगो लगाउने गरी संसदीय प्रक्रियामा दाहाल–नेपाल पक्ष जान सक्ने एक स्थायी समिति सदस्यले बताए।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको प्रस्ताव ल्याएपछि नेकपा विभाजन भएको थियो। निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन। आयोगमा यो विषय अझै कानुनी लडाइँमा छ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव-प्रचण्डले गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.