नेदरल्याण्डमा मार्च १५ सम्म कर्फ्यू

नेदरल्याण्डमा मार्च १५  सम्म कर्फ्यू

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्यूको समय बढाएको छ । नेदरल्याण्डका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्यूको समय पनि बढाइएको जनाएका छन् ।

डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेको र यसका कारण हामीले देशका विभिन्न भूभागमा कर्फ्यू लगाएका छौँ भनेका छन् । 

प्रधानमन्त्री रुटले भने, हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको संक्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ । 

'नेदरल्याण्डका स्वास्थ्य अधिकारीहरु र स्वास्थ्यसम्बन्धी विज्ञहरुले छलफल गरेर आगामी दिनमा के कसरी भाइरसको संक्रमणको जोखिम घटाउने भनेर काम गरिरहेका छौँ', उनले भने । उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिएका छन् । 

तर नेदरल्याण्डको सरकारले यहाँ लगाइ आएको कर्फ्यूको अवस्था भने नहटाउने जनाएको छ । अहिले कतिपय स्थानमा विभिन्न समयमा कर्फ्यूको घोषणा गरिएको छ। सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ। 

नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यू लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कर्फ्यूको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.