जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

डोटी : डोटीमा जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ। आगो निभाउने क्रममा जलेर घाइते भएका शिखर नगरपालिका-७ बयरकोटका ६५ वर्षीय लक्षुवा भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ्ग अस्पताल राजपुरमा लगिएको थियो।

उपचारकै क्रममा रातीनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। स्थानीय र प्रहरीको सहयोगमा उनलाई उद्धार गरिएको थियो। भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो।

मृतक भुललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ। गर्मी बढेसँगै यहाँका बिभिन्न जंगलहरुमा आगलागि समेत बढेको पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.