‘फटाह फणीन्द्रे’ मा बुद्धि र रवि
काठमाडौं : फिल्म ‘फटाह फणीन्द्रे’मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन्। निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए।
यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुष्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए। फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो। सुनील मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन्।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ।
उत्तम केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहेको छ। यस अगाडि ‘तिम्रो लागि’, पाठशाला’लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।