‘प्रतिशोध’ लिँदै घायल
काठमाडौं : शंकर अधिकारी ‘घायल’ को लेखन तथा निर्देशनमा प्रतिशोध (रिभेन्ज) नामक फिल्म बन्ने भएको छ। भद्रकाली मन्दिर परिसरमा बिहीबार यो फिल्मको शुभसाइत गरियो। डीएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुतिमा बन्न लागेको फिल्मबाट रेनु थापा, दिब्या बीटी र अम्बिका खड्काले डेब्यु गर्दैछन्।
फिल्ममा रोशन बीसी, रवीनश्री, विशाल अग्रवाल, गंगा कुँवर, पदम सुनार, अमन देव, पुष्पराज नेपाल, खगेन्द्र घिमिरे प्रीतिका शर्मा, आरजे भिलेनलगायतको अभिनय रहनेछ। कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, राजन महर्जनको नृत्य, सानु हबिकको ड्रोन अनि विश्वास भण्डारी र अञ्जली थापाको सम्पादन रहने फिल्म जेठ २१ गते रिलिज गरिने बताइएको छ। फिल्मको पूर्वाञ्चलका विभिन्न स्थानमा फागुन १५ गतेदेखि छायांकन सुरु गरिने जानकारी मुहूर्त समारोहमा जानकारी दिइयो।