सेलेब्रेटीहरूबाट कथा वाचन

सेलेब्रेटीहरूबाट कथा वाचन

काठमाडौं : केही समययता प्रकाशकहरूले बालकथा, लोककथालाई चित्रकथाको रूपमा प्रकाशन गर्नुका साथै अडियो, भिडियो बनाएर युट्युबमा अपलोड गर्ने क्रम बढेको छ।

यसैक्रममा द एसिया फाउन्डेसनले लोककथाका १० वटा चित्र पुस्तकलाई एकैपटक भर्चुअल माध्यमबाट विमोचन गरेको छ। साथै, यसका सर्जक, चित्रकार, चित्र सम्पादक, कलाकारलगायतको सहभागितामा ‘हाम्रा लोककथाभित्रका गाथाहरू’ विषयक पाँच दिनसम्म भर्चुअल कार्यक्रम पनि सञ्चालन गरेको छ।

विमोचित कथाहरू नायक निखिल उप्रेतीदेखि नायिका निशा अधिकारीसम्मले वाचन गरेका छन्। अन्य कथावाचन गर्नेहरूमा मिस नेपाल, पत्रकार, सामाजिक अभियन्ता, ब्लगरसमेत रहेका छन्। उषा रजक, शृंखला खतिवडा, माल्भिका सुब्बा, सुवानी मोक्तान, सरिताश्री ज्ञवाली, भूमिका थारू, लेक्स लिम्बूलगायतले पनि चित्रकथामा उतारिएको लोककथा वाचन गरेका छन्। कथा फर नेपालको युट्युबमा यी रचना सुन्न सकिन्छ। 

बुक फर एसिया र लेट्स रिड कार्यक्रमकी अधिकृत समिरा श्रेष्ठ राजभण्डारीका अनुसार बालबालिकाले कोर्सबाहेक कथाका किताबबाट पनि ज्ञान हासिल गरुन् र पढ्ने संस्कार विकास होस् भन्ने उद्देश्यले कथावाचन कार्यक्रम आयोजना गरिएको हो।

१० पुस्तकहरूमा सुनकेशी नानी लोककथा यमुना पराजुली अधिकारीको पुनर्लेखन, प्रज्वल थापामगरको चित्र, आँखीझ्याल लोककथा मिदेश महर्जनको पुनर्लेखन, दृष्टि मानन्धरको चित्र छन्। एकबित्ते लोककथा कृष्णराज सर्वहारीको पुनर्लेखन र कृषा ताम्राकारको चित्र रहेको छ। यसैगरी छट्टु स्यालको चोर्ने दाउ लोककथा मन्दिरा मधुश्रीको  पुनर्लेखन, एलिना छन्तेलको चित्र, बूढाबूढी र सेलरोटी लोककथाको पुनर्लेखन प्रभा भट्टराई, अर्पिता शाक्यको चित्र, राजकुमारी र सुनपाती पूmल लोककथाको पुनर्लेखन तथा चित्र दुवै विनिता बुद्धाचार्यको रहेको छ। 

त्यस्तै, बाघभैरव लोककथाको पुनर्लेखन रकि महर्जन, उज्ज्वल तामाङको चित्र, युमा साम्माङ लोककथाको पुनर्लेखन नामओती नेम्बाङ, नीलम भुर्तेलको चित्र,  ढोला फर्कियो त ? लोककथाको पुनर्लेखन इन्द्र चौधरी, नवीन नाल्बोको चित्र, अनि जिब्रो छेड्ने ख्याक लोककथाको पुनर्लेखन श्यामकृष्ण खुलीमुली, प्रकाश रञ्जितको चित्र रहेको छ।

‘लोककथाका गाथाहरू’ फेसबुक पेजमार्फत लोककथामा लैंगिकता र समावेशीकरण, लोककथामा हास्यप्रयोग, किंवदन्ती एवं मिथकीय लोककथा, लोककथा र संस्कृति तथा लोककथामा हिंसा विषयहरूमा प्रत्येक दिन दुईवटा कथालाई उदाहरण लिएर यसमाथि विभिन्न सर्जक र विशेषज्ञहरूले बहस पनि गरे। पाँचदिने कार्यक्रमको संयोजन अनुराधा शर्माले गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.