इलामे साहित्यबारे अन्तरक्रिया

इलामे साहित्यबारे अन्तरक्रिया

काठमाडौं : डा.देवी क्षेत्री दुलालले लेखेको ‘इलामको साहित्यिक इतिहास’ कृतिका विषयमा शनिबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ। आँखा विकास पत्रिकाद्वारा प्रकाशित उक्त कृतिमाथि इलाम विकास समाजले अन्तक्र्रिया आयोजना गरेको हो। 

लेखक डा.दुलालले इलामको साहित्यिक इतिहासलाई आफूले तथ्यसहित सच्याउने काम गरेको जानकारी दिए। इलामका पहिलो स्रष्टा रहरसिंह राई र उनको कृति चरीको सवाई (१९२४) भनिँदै आएकोमा त्यसको फरक तथ्य आफूले प्राप्त गरेको डा. दुलालले सुनाए। उनका अनुसार राईको कृति ‘राधाकृष्णको सवाई’ काशीबाट विसं १९५८ वैशाखमा छापिएको पाइएको हो। विसं १९३४ मा लेखेर १९३८ मा प्रकाशित सन्त ज्ञानदिल दासको ‘उदयलहरी’ पहिलो देखिएको उनले बताए।

‘सबैभन्दा पहिला मेची अञ्चलको साहित्यिक रूपरेखा भनेर २०४२ सालमा रविमान लम्जेलले पुस्तक लेख्नुभयो। उहाँले इलामको साहित्यिक इतिहास विसं १९२४ रहरसिंह राई, उनको कृति चरीको सवाईबाट सुरु हुन्छ भनेर लेख्नुभयो। त्यसपछि रणबहादुर कार्कीले इलामको ऐतिहासिक रूपरेखा भन्ने किताब लेख्नुभयो। उहाँले त्यही कुरा साभार गर्नुभयो। त्यसपछि युद्ध (युद्धप्रसाद वैद्य) सरले  लेख लेख्नुभयो, त्यही कुरा मान्नुभयो। हामीले पनि लेख्यौं पढ्यौं, रहरसिंह राईको चरीको सवाईबाट सुरु हुन्छ भनेर’, उनले भने, ‘पछि धरणी सर (धरणीप्रसाद गौतम)ले कार्यपत्र लेख्दा आमचोकमा जन्मेका स्रष्टा सन्त ज्ञानदिल दास सम्भवतः पहिलो स्रष्टा हुन सक्छन् अलिकति परिमार्जन गर्नुभयो।’ 

कार्यक्रममा राष्ट्रियसभा सदस्य अगम बान्तवा, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्वप्रमुख धरणीप्रसाद गौतम, साहित्यकार डम्बर पहाडी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नन्दु उप्रेती, समाजका अध्यक्ष राधेश्याम लेकालीलगायतले इलामको साहित्यबारे विचार राखेका थिए। समाजले लेखक डा. दुलाललाई सम्मानसमेत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.