स्कुल अफ फेसनलाई अवार्ड
काठमाडौं : इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ। शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’ मा आईआइएफटीले अवार्ड जितेको हो।
बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ।
पछिल्लो समय आईआईएफटी उत्कृष्ट फेसन इन्स्टिच्युटको रूपमा समेत स्थापित हुँदै गएको बताउँदै कलेजकी कार्यकारी निर्देशक विपना थापाले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ।’ड्रिम्स एजेन्सीले आफ्नो सातौं वार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ५० वटा विधामा अवार्ड तथा सम्मान गरिएको प्रदान गरिएको छ। जसमध्ये फेसन क्याटगोरीमा १० वटा विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो।
ती सिक्वेन्सबाटै ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ विधामा तीन वटा इन्स्टिच्युटले प्रतिस्पर्धा गरेका थिए। अवार्ड कार्यक्रममा प्रतिस्पर्धीहरूलाई एक महिनाभन्दा बढी परीक्षण दिइएको आयोजक ड्रिम्सले जनाएको छ। आयोजकका अनुसार अनलाइन भोटिङ र आन्तरिक मूल्यांकनका आधारमा उत्कृष्ट छनोट गरिएको हो।