बालिका बलात्कार आरोपमा एक पक्राउ

बालिका बलात्कार आरोपमा एक पक्राउ

 विराटनगर : मोरङको जाहदा गाउँपालिकाका एक अनाथ बालिकालाई बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ परेका छन् । 

अविभावकबिहीन ११ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने स्थानीय ४५ वर्षीय  राजेन्द्र सरवरीया शनिवार सुनसरीको साहेवगंजस्थित नेपाल भारतको सिमवर्ती क्षेत्रबाट पक्राउ परेका हुन्  ।

गएको फागुन ६ गते बिहीवार नै बलात्कार गरेको प्रयास गरे पनि एक हप्तापछि घटना सार्वजनिक भएको हो । मोरङको जाहाद नगरपालिका १ स्थित धुनिटोलमा एक ११ वर्षीय बालिकामाथि बलात्कारको प्रयासको घटनालाई गाउँमा स्थानीय अगुवा र छिमेकीको दबाब दिएर मिलाउने प्रयास गरेको थियो  । 

अगुवाहरुको दबाबका कारण  एक सातासम्म ‘गुपचुप’ पारिएको बलात्कार प्रयासको घटना एक हप्ता पश्चात सार्वजनिक भएको हो  । सबैतिरको दबाब झेल्दै न्यायका लागि प्रहरीसम्म पुग्न नसकेका उनका आफन्त त्यसलाई चिर्दै कानुनी लडाइँमा निस्किएका छन्। 

बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको इप्रका रानीका प्रहरी निरक्षण दिपक थापाले बताए । नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु भएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।  

बालिकाको संरक्षण गर्दे आएका आफन्त पैसाको दबाबमा नआएर प्रहरीमा जाहेरी दिनु अघि नै  सरवरीया फरार भएका थिए  । फरार भएका सरवरीयाको खोजी तिब्र पारिएको थियो । 

सरवरीया साहेवगंज हुदै भारतको दिल्ली जाने र त्यहाबाट जाहेरी दिनेलाई बदला दिने धम्की बालिकाका  आफन्तलाई दिँदै आएको  थियो  । पक्राउ पर्नु अघिसम्म उसका आफन्तले निरन्तर धम्की दिने गरेको अन्नपूर्णलाई बताए ।

संरक्षण गर्दे आएकी मावली हजुरआमा बिहेको भोजमा बाहिर गएका बेला छिमेकी राजकिशोर भगतको घरमा रहेको वयर  टिपेर आइरहेको बेला  सरवरीयाले  मुख थुनेर मकैको खेतमा लगेको खुलेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.