कृषा बनिन् नेवार सुन्दरी

कृषा बनिन् नेवार सुन्दरी

काठमाडौं : आफ्ना १४ प्रतिस्पर्धीलाई उछिन्दै राजधानीको डल्लुकी कृषा महर्जनले नेवार सुन्दरीको ताज पहिरिएकी छन्।  नेप्लिज फेसन होमको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ग्रान्ड फिनालेमा उनले १५औं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।कृषाले ताजसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। 

प्रमुख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने प्रश्नमा जिउको तुलनामा मनको घाउपीडादायी हुने, मनमा लागेको घाउ डाक्टरले पनि पत्ता लगाउन नसक्ने र ठीक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने जवाफ दिएर ताज पहिरिएकी हुन्। उनीलेबेस्ट नेपाल भाषा उपउपाधि पनि आफ्नो पोल्टामा पारिन्। 

प्रतियोगितामा ललितपुरकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फस्ट रनरअप र कलंकी काठमाडौंकी कृष्टिना महर्जन मिस नेवाः नेपाल सेकेन्ड रनरअप चुनिए । उनीहरूले उपाधिबापत क्रमशः २५ हजार र १५ हजार नगद प्राप्त गरे। प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङको उपउपाधि पनि चुमे। रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्वमिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेसल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्वमिस नेवाः नेपाल एलिशा वज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक थिए। नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेन्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र बेस्ट स्किन, मनीषा महर्जन बेस्ट ड्रेस, एन्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल बेस्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिए। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जीवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन्। त्यसैगरी सहआयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सघाउनेप्रति आभार व्यक्त गर्दै नेवारी कला संस्कृतिको जगेर्ना गर्नसमयसुहाउँदो ढंगले सांस्कृतिक सौन्दर्य प्रतियोगिताअन्तर्गत मिस नेवाः नेपाल आयोजना गरिएको बताए। नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.