बाघको आक्रमणमा परी एक वृद्धा बेपत्ता
![बाघको आक्रमणमा परी एक वृद्धा बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/tiger_20210301132043_4dvn1fEEGm.jpg)
गुलरिया : बर्दियामा बाघले आक्रमण गरी एकजनालाई बेपत्ता पारेको छ। राजापुर नगरपालिका- १० कालाबन्जरा निवासी अन्दाजी ६५ वर्षीय लालबहादुर थारुलाई भैँसी चराउने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको हो।
कर्णाली नदीको टापुमा भैँसी चराउन गएका थारुलाई सोमबार दिउँसो बाघले आक्रमण गरी बेपत्ता पारेको पीडित परिवारले प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय पाताभारको टोली र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको बन्जरीया पोष्टको संयुक्त टोली तत्काल घटनास्थल पुगी खोजतलास कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए।
बेपत्ता परेका थारुका दाजु बजारु थारुले सवा ४ बजे भाईलाई बाघले बेपत्ता पारेको प्रहरीलाई जानकारी गराएका हुन्। नेपाल प्रहरीका ५ जना र नेपाली सेनाका ६ जना गरी ११ जना सुरक्षाकर्मीले खोजी कार्य गर्दासमेत बेपत्ता थारु फेला परेका छैनन्।
सामुदायिक वनमा भैसी चराउन गएका व्यक्तिलाई बाघले आक्रमण गरी बेपत्ता पारेको सुचना पाएपछि उनको खोजीका लागि निकुञ्जले हात्ती सहितको थप टोली परिचालन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। बेपत्ता व्यक्तिको खोजीका लागि निकुञ्जले प्रयास जारी राखेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)