बाघको आक्रमणमा बेपत्ता बृद्धको शव भेटियो
![बाघको आक्रमणमा बेपत्ता बृद्धको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/Shab_20210302041637_q3p78aCYW6.jpg)
गुलरिया : बर्दियामा बाघले आक्रमण गरी बेपत्ता परेका बृद्धको शव क्षतविक्षत अवस्थामा भेटिएको छ। राजापुर नगरपालिका-१० कालाबन्जर निवासी ६५ वर्षीय लालबहादुर थारुलाई भैँसी चराउने क्रममा पाटेबाघले आक्रमण गरी बेपत्ता पारेको थियो।
गेरुवा गाउँपालिका-६ बाझपुरस्थित गेरुवा कर्णाली नदीको टापुमा भैँसी चराउन गएका गएका बेला सोमबार दिउँसो बेपत्ता भएका थारुको शव घटना स्थल आसपासमै साँझ पख भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मुकुन्द संजेलले जानकारी दिए।
बाघले थारुको घाँटीमा आक्रमण गरी पुठ्ठा तिरको भाग खाएको अवस्थामा शव भेटिएको छ। थारु बेपत्ता परेको खबर पाउने बित्तिकै निकुञ्जको हात्तीसहितको टोलीले खोजविन शुरु गरेको थियो। बाघ आक्रमणको क्रम नरोकिएपछि बर्दियामा त्रास बढेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)