मुख्यमन्त्री राई राहत लिएर पुगे ताप्लेजुङ

मुख्यमन्त्री राई राहत लिएर पुगे ताप्लेजुङ

विराटनगर : ताप्लेजुङको मेरिङदेन ३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ। बिहीबार आगलागी बस्तीमा पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका छन्। 

आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभान बस्तीमा पुगेर बताए। त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए।

आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितको माग अनुसार ग्यास सिलिन्डर, चुह्लो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिए। मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए। 

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय किलो चामल, २ सय ५० किलो दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामग्री मुख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गरेका छन्। 

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायत आगलागी बस्ती बिहीबार पुगेका हुन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.