परासी पार्टी कार्यालयमा एमालेको बोर्ड

परासी पार्टी कार्यालयमा एमालेको बोर्ड

परासी : पश्चिम नवलपरासीको मदन आश्रित स्मृति भवनमा ओली पक्षले नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखेका छन् । भवनमा साविकको एमाले पार्टी कार्यालय हो । पार्टी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो । 

सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि उत्साहित भएका एमाले कार्यकर्ताहरु एमालेको पक्षमा नाराबाजी गर्दै बर्दघाटदेखि सुनवलहुँदै मोटरसाईकल र्‍याली निकालेर बोर्ड राख्न परासी पुगेका थिए । 

कार्यकर्तासँगै पुगेका लुम्बिनी प्रदेशका सभासद दिपेन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको राखेका हुन् । कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मासहित युवा संघ र एमालेका कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

बोर्ड राख्दै सभासद अधिकारीले सर्वोच्च अदालतको फैसलापछि अब पुरानै पार्टी व्युँतिएकाले एमालेको बोर्ड राखेको बताए । पार्टीका उत्पन्न विवादसँगै नेताहरु दुई समुहमा विभाजन भएपछि ओली पक्षका कार्यकताहरुले यसअघि पार्टी कार्यालय आफ्नो भएको भन्दै तालाबन्दी गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.