स्याङजाको भीरकोट बालमैत्री नगर

स्याङजाको भीरकोट बालमैत्री नगर

स्याङजा : भीरकोट नगरपालिका बालमैत्री नगर घोषणा गरिएको छ। घोषणासँगै भीरकोट स्याङजामा पहिलो बालमैत्री नगर बन्न सफल भएको छ। नेपालभरमा ७ औं र गण्डकी प्रदेशमा दाश्रो बनेको हो। 

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शनिबार भीरकोट १ शिशौघारीमा आयोजित कार्यक्रम मार्फत भीरकोटलाई बालमैत्री नगर घोषणा गरेका हुन् ।

प्रमुख शेरचनले संघ, प्रदेश र स्थानीय तहका सबै निकायले बालमैत्री ब्यवहार अवलम्बन गर्नुपर्ने बताए। बालमैत्री नगर बनेपछि सो क्षेत्रमा बालश्रम, बालविवाह जस्ता घटनालाई न्युनिकरण गर्ने बताउदै बालबालिकाको क्षेत्रमा गरिएको आजको लगानीले भविष्यमा उचित प्रतिफल मिल्ने बताए। 

‘असल र निष्ठावान नागरिक बनाउन बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक छ, बालबालिकाको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनैपर्छ’, प्रमुख शेरचनले थपे ‘भीरकोटको अनुकरणीय कामको सबैले शिको एवं सम्मान गर्नैपर्छ।’ 

कार्यक्रममा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, प्रदेश सांसदद्वय दिपक थापा र मेखलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगाले, गलकोट नगरपालिका प्रमुख भरत गैह्रे, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष कमल त्रिपाठी, बालसंजाल नगर अध्यक्ष सुदिप पौडेललगायतले बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै नगर अघि बढेकोमा जोड दिए। 

नगरप्रमुख छायाराम खनालले बालमैत्री बनाउनका लागि आमाको गर्भाअवस्थादेखि नै स्वस्थ बालबालिका लक्षित कार्यक्रम गरेको जानकारी गराए। 

बालमैत्री बनाउन भीरकोटले २०७५ साल पुस ९ गतेदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी वडा तथा नगरमा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा आधारित भएर आवधिक बार्षिक योजना सुरु गरेको उपप्रमुख सीमा केसी कर्माचार्यले बताइन्।

विभिन्न ३९ सूचकहरु पुरा गरेपछि बालमैत्री नगर घोषणा गरिएको हो। बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बाल अधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई बालमैत्री स्थानीय शासन भनिन्छ। नेपालमा बालबालिका भन्नाले १८ वर्ष भन्दा कम उमेर समुहमा पर्दछन्। 

पालिकाले धेरै चुनौतीपूर्ण यात्रातय गर्दै अघि बढेको थियो र आज सफल बनेको छ भन्छिन् बाल नगर संजालका उपाध्यक्ष सुजाता खत्री। बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेशगरी नगरपालिकाले बालबालिकाको आवाज र विचारलाई बालबालिका सम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिदै आएको खत्रीले जानकारी दिइन् ।

बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई बालमैत्री नगरपालिकाले आत्मसाथ गर्नुपर्दछ। नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ। बालमैत्री नगर निर्माणको यात्रामा भीरकोटले आवश्यक सूचक तथा मापदण्ड पूरा गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.