७८ दिनपछि खुल्यो नेकपा एमाले कार्यालय

७८ दिनपछि खुल्यो नेकपा एमाले कार्यालय

उदयपुर : ७८ दिनदेखि बन्द रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) उदयपुरको कार्यालय मंगलबार सरसफाइ गरी सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि सरसफाइ नभएपछि फोहोरको डंगुरले भरिएको पार्टी कार्यालय मंगलबार नेता कार्यकर्ताले आफै सरसफाइ गरी सञ्चालनमा ल्याएका हुन् । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र दुबैलाई व्यूत्याइदिएपछि एमाले कार्यकर्ताले सोमबार त्रियुगा नगरपालिका १२ स्थित पुरानोगाईघाटमा रहेको पार्टी कार्यालयमा वोर्ड झुण्ड्याएका थिए । 

केन्द्रीय सदस्य, उदयपुरका सहइन्र्चाज तथा पुर्वसहरी विकास राज्य मन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य तथा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, कला घले, पार्टी संयोजक  परमेश्वर घिमिरे, सचिब कुशलबाबु बस्नेत लगायतका नेता कार्यकर्ताले पार्टी कार्यालयमा वोर्ड झुण्ड्याएका थिए । वोर्ड राखेसँगै पार्टी कार्यालय परिसरमा फोहोर डंगुर देखेपछि नेता कार्यकर्ता मंगलबार बिहान ११ बजेदेखि सरसफाइमा जुटेका हुन् । 

झाडु बोकेर पार्टी कार्यालय सरसफाइमा पुगेकी पुर्वराज्यमन्त्री मन्जु चौधरीले भनिन्, 'झण्डै तीन महिनादेखि पार्टी कार्यालय बन्द थियो, यसविचमा सरसफाइ नहुँदा फोहोरको डंगुर देखियो त्यसैले सरसफाइ गरेर भित्र प्रवेश गरेका हौं।' उनले नेकपा एमाले फराकिलो सोचाइ भएको पार्टी भएकाले हिजो बाटो बिर्सिएर अलग धारमा रहेका नेता कार्यकर्तालाई पुरानो घरमा फर्कन आग्रह गरिन् ।

पार्टी संयोजक परमेश्वर घिमिरेले, वोर्ड राख्ने र सरसफाइ गर्ने कार्य सम्पन्न भएकाले आजैदेखि नियमित पार्टी कार्यालय सञ्चालन गर्ने गरी तयारी गरिएको बताए । उनले भने, 'यसबीचमै पार्टी सञ्चालन गर्ने तयारी थियो, विविध कारणले गर्न सकिएन, अब नियमितरुपमा कार्यालय खोली, नेता कार्यकर्तासँगको भेटघाट र कामहरुलाई अघि बढाछौँ ।'

सरसफाइ कार्यक्रममा आएका अधिकांस नेता कार्यकर्ताहरुले मुलबाटो छोडेर गएका सबै एमाले कार्यकर्ता र वामपन्थी शक्तिलाई पार्टी एकथलोमा बसी देश र जनताको सेवा गर्न आग्रह गरे । एमाले व्युँतिएसँगै निकै उत्साहित देखिएका ओली निकट नेता कार्यर्ताहरु चौक तथा चियापसलमासमेत सर्वोच्चको निर्णय स्वागतयोग्य भएको बताएका छन् । 

माधव–प्रचण्ड समुह भने पार्टी एकतामै जोड दिएको देखिन्छन् । उनीहरु अदालतको निर्णयलाई सम्मान गर्दै पार्टी एकतामा जोड दिने बताएका छन् । पार्टी भित्रका समस्याका विषयमा घरभित्रै अन्तरसंर्घष गर्दै पार्टी एकतामा अघि बढ्ने बताएका छन् ।  

गत पुस ५ गते प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विगठनसँगै सम्भावित हुन सक्ने झडपलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी पार्टी कार्यालय घेरेर राखेको थियो ।

ओली र माधव-प्रचण्डका दुबै थरीका नेताहरुले पार्टी कार्यालय आफ्नो भएको भन्दै दावि गर्दै कार्यक्रम गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले सबै कार्यक्रम रोकेको थियो । पार्टी कार्यालयमा कार्यक्रम गर्न प्रशासनले रोक लगाएपछि दुबै थरीका नेताले सडकलगायत अन्य सभाहलमा कार्यक्रम गर्दै आएका थिए । 

एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालयलाई नेकपाको जिल्ला कार्यालय बनाईएको थियो । सर्वोच्चको फैसला पछि, यसअघि एमालेकै कार्यालय रहेको उक्त कार्यालयमा नेकपा एमालेको बोर्ड टाँसिएको हो । सर्वोच्चको फैसलापछि, आफ्नो साविकको कार्यालयमा नेकपाको स्थानमा नेकपा एमाले लेखेर बोर्ड टाँसेको सचिब कुशलबाबु बस्नेतले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.