नेहा र विनिभले चुमे उपाधि
काठमाडौं : एएनपी मिडिया हाउसद्वारा आयोजित ‘मिस्टर एन्ड मिस प्लस टु आइकन–२०२१’मा विनिभ श्रेष्ठ र नेहाकुमारी रायले उपाधि चुमेका छन्। नेहाले पब्लिक च्वाइस, मोस्ट ट्यालेन्ट, मोस्ट पङ्चुअल र फेसबुक च्वाइस तथा विनिभले पब्लिक च्वाइस, मिस्टर फोटोजेनिक र फेसबुक च्वाइसको उपाधि हात पारे।
त्यसैगरी मिसतर्फ सदीक्षा श्रेष्ठ फस्ट रनरअप, मिस फोटोजेनिक, सबी श्रेष्ठ सेकेन्ड रनरअप, बेस्ट र्याम्प वाक, आयुषा दाहाल थर्ड रनरअप, बेस्ट स्पिच, हर्षना खातिवडा फोर्थ रनरअप, मोस्ट डिसिप्लेन, मोस्ट स्टाइलिस, सम्झना घले भ्युअर च्वाइस, मिस कन्जुलारिटी, इरिका श्रेष्ठ बेस्ट पर्सनालिटी भइन्। यस्तै आवृत्ति वैद्य मोस्ट चार्मिङ, निरुता तामाङ मोस्ट फ्रेन्ड्ली, कसिस कोइराला मोस्ट ब्युटिफुल, खुश्बु शाह मोस्ट कन्फिडेन्ट, मोस्ट पोजिटिभ एटिच्युड, शलु थापा बेस्ट डान्स, सरु महर्जन बेस्ट सिंगर, मोस्ट डिजरभिङ, दिव्या नगरकोटी म्यानेजम्यान्ट च्वाइस, मिस्टरमा रोहन महर्जन फस्ट रनरअप, मोस्ट ट्यालेन्ट, दिपेश परियार सेकेन्ड रनरअप, बेस्ट डान्स, विजय प्रधान मिस्टर र्याम्प वाक, मिस्टर ह्यान्डसम, स्विभिन प्रिन्स बेस्ट सिंगर, बेस्ट पर्सनालिटी र आशुतोष बर्माले मिस्टर कन्जुलारिटीको उपाधि जिते।
कार्यक्रममा प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राले बौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिको तालिम लिएर फाइनलमा भाग लिएका थिए।
लकडाउनका बेला आयोजित ‘लिटिल प्राइड अफ नेपाल–२०२०’ (अनलाइन), ‘ट्यालेन्ट हन्ट–२०२०’ (अनलाइन) र ‘लिटिल स्टार आइकन–२०२०’ (अनलाइन) विजेतालाई क्राउन लगाइएको थियो। कार्यक्रममा सुवास न्यौपाने, फाइभर सुरक्षा विशेषज्ञ तथा समाजसेवी तेज गिरी, नायक तथा बैंकरलाई विशेष सम्मान गरिएको प्रबन्ध निर्देशक लवबहादुर कार्कीले बताए।
पूर्वमन्त्री मीनेन्द्र रिजालको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा निर्णायकहरू वरिष्ठ गायक सीताराम पोखरेल, हिसानका उपाध्यक्ष स्वागत श्रेष्ठ र भीएस निकेतनका प्रिन्सिपल निर्णय एनएसके थिए। प्रतियोगिताको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन्।