शिवरात्रीको पूर्वसन्ध्यामा सरसफाइ

शिवरात्रीको पूर्वसन्ध्यामा सरसफाइ

गुलरिया : महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा देवालय सरसफाई गरिएको छ। सुरक्षाकर्मी लगायत स्थनीयको सक्रियतामा बर्दियाको गुलरिया स्थित वंगलामुखी मंदिर परिसर सरसफाइ गरिएको हो।

    
नेपाली सेना, नेपाल प्रहरी लगायत स्थानियवासीको सक्रियतामा वगलामुखी मंदिर परिसर सरसफाई गरिएको छ। शिवरात्री पर्वको अवसरमा गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिकाका विभिन्न शिवालयहरुमा लघुरुद्राभिषेक लगायतका धार्मिक अनुष्ठानहरुको आयोजना गरिएका छन्। शिवरात्री पर्वलाई लक्षित गर्दै बर्दियाको बाँसगढी नगरपालिकामा अवस्थित केदारेश्वर धाममा श्रीमद्भागवत सत्संग संगीतमय प्रवचनको आयोजना गरिएको छ। 

सदरमुकाम गुलरियामा अवस्थित बंगलामुखी, कोटही, शिवमंदिर लगायतका देवालयहरुमा लघुरुद्री सहितको विशेष पूजापाठ आयोजना गरिएको छ। बंगलामुखी मंदिर प्रांगणमा अवस्थित पिताम्वरेश्वर महादेव स्थानमा बिहीबार महाशिवरात्रीका अवसरमा एकादश ब्राम्हणद्वारा लघुरुद्री, प्रसाद वितरण, धुनी तथा शिवजागर भजन, किर्तन लगायतका धार्मिक अनुष्ठान आयोजना गरिएको बंगलामुखि मंदिर पर्व ब्यवस्थापन समितिका संयोजक विष्णु थापाले बताए। 

स्थानीय समुदाय, पालिका, संघसंस्थाहरुको सहयोगमा धार्मिक कार्यक्रम आयोजना गरिएको हो। सनातन हिन्दु धार्मिक परम्परा युवा पुस्तामा बोध गराउने उद्देश्यले ३ दशकदेखि बंगलामुखी मंदिरमा शिवरात्री पर्व गरिँदै आएको थापाले प्रष्ट्याए। धार्मिक अनुष्ठानका माध्यमबाट युवापुस्तामा धार्मिक महत्वको ज्ञान गराउने हाम्रो अभियान हो। 

अभियानमा सबैलाई सहयोग र सहकार्य गर्ने आग्रह गर्दै उनले थपे सनातन संस्कृतिको बारेमा आफ्ना बालबालिकालाई सबै अभिभावकले सिकाउनु पर्छ। अन्यथा लोप हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.