धनगढीमा बोर्ड राख्‍ने विषयमा एमालेका दुई पक्षबीच झडप

धनगढीमा बोर्ड राख्‍ने विषयमा एमालेका दुई पक्षबीच झडप

धनगढी : धनगढीस्थित प्रदेश कार्यलयमा एमालेको बोर्ड राख्‍ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ। धनगढीको चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि अहिले तनावपूर्ण स्थिति छ। 

बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश गरी भीम रावल प्रदेश इन्चार्ज भएको नेमप्लेटसहित नयाँ बोर्ड राखेका थिए। त्यसको केही बेरमा ओली पक्षका कर्ण थापाको नेतृत्वमा गएको जुलुसले माधव पक्षले राखेको बोर्ड च्यातेर नयाँ बोर्ड राखेको थियो र रावल प्रदेश इन्चार्ज भन्‍ने नेमप्लेट पनि हटाएको थियो। 

त्यसको लगत्तै रावल पक्षका कार्यकर्ता फेरि आएर ओली पक्षले राखेको बोर्ड र नेमप्लेट हटाएका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडपसमेत भएको थियो। प्रहरी हस्तक्षेप गरेपछि मुडभेड रोकिएको छ। अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.