सेनाका गल्ती कमजोरी खोज्दै हिँड्नु हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपाली सेनालाई विवादमा ल्याउनु नहुने बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषद सचिवालयको २० औ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई विवादमा ल्याउने र अपमान हुने काम गर्नु नहुने बताएका हुन्।
सेनाले भरपर्दो काम गर्ने भएकाले उसलाई विकास निर्माणको काम गर्न सरकारले अनुमति दिएको समेत बताए। नेपाली सेनाले गरेका राम्रा कामको प्रसंशा गर्न नसक्ने तर सेनाका गल्ती÷कमजोरी खोज्दै हिँडन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सेनातर्फ लक्षित गर्दै भने,‘जुन संस्थाहरु वाद-प्रतिवादमा उत्रदैनन् त्यस्ता संस्थालाई वादविवादमा तान्न हुँदैन।’
उनले नेपाली सेनाले राष्ट्रको सुरक्षा, प्रतिरक्षा, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापना र राष्ट्र निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको बताए। प्रधानमन्त्री ओलीले मुलुकमा अब सबै प्रकारको हिंसा अन्त्य भएको समेत बताए।