खोपका लागि छुट्याइएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्छु : स्वास्थ्य मन्त्री त्रिपाठी

खोपका लागि छुट्याइएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्छु : स्वास्थ्य मन्त्री त्रिपाठी

परासी : स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले सरकारले खोप खरिदका लागि छुट्याएको रकमबाट ३८ अर्ब रुपैयाँ बचत गर्ने बताएका छन्। सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ छुट्याइएको छ। पश्चिम नवलपरासी जिल्लामा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गर्न बुधबार बर्दघाट पुगेका मन्त्री त्रिपाठीले खोप खरिदका लागि छुट्याइएको रकम बचत गरेर बाँकी अन्तर्राष्ट्रिय स्तरको अस्पतालमा खर्च गरिने बताए।

'सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ छुट्याइएको छ। मैले बढीमा १० अर्ब रुपैयाँमा सम्पूर्ण नेपालीलाई खोप लगाएर छाड्छु। बाँकी बचेको ३८ अर्ब रुपैयाँले सातै प्रदेशमा एक÷एक वटा अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण गर्छु’,  मन्त्री त्रिपाठीले भने। अस्पताल खोल्न हरेक प्रदेशमा ३ अर्बका दरले कुल २१ अर्ब लाग्ने पनि उनले अनुमानित खर्च सुनाए। बाँकी रकम हेपापाटइटिस सि र महिलाहरुमा देखिने पाठेघर समस्या निधानका लागि आवश्यक पर्ने खोप खरिद गर्ने मन्त्री त्रिपाठीले बताए। उक्त खोपका लागि प्रकृया अघि बढाउन थालिएको पनि बताए। हेपाटाईटिस सि कलेजो सुनिने बिरामीहरुको निधानका लागि हो।

पछिल्लो पटक सरकारले ५० लाख डोज खोप खरिदका लागि प्रकृया अघि बढाएको र त्यो चाँढै आउने मन्त्री त्रिपाठीले जानकारी दिए। स्वास्थ्य क्षेत्रको बेथितिबारे मन्त्री त्रिपाठीले भनें, 'मैले यो मन्त्रालय समालेको करिब अढाइ महिना भएको छ। हुन त मैले यो कुरा नभन्नु पर्ने हो। तर बुझ्दै जाँदा स्वास्थ्य मन्त्रालय त अस्वस्थ्य मन्त्रालय रहेछ। त्यसैले अहिलेसम्म रहेका मन्त्रीहरुको तर्फबाट मैले क्षमा माग्नुबाहेक केही छैन।’ 

एक पूर्व स्वास्थ्य मन्त्रीको पालामा खरिद गरिएको १ अर्ब ८२ करोडको स्वास्थ्य सामाग्रीको प्याकेट अहिलेसम्म नखोलिएको उनले बताए। पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापातर्फ इंगित गर्दै त्रिपाठीले भने, 'केही दिनअघि पूर्व स्वास्थ्यमन्त्री बर्दघाटमा भाषण गर्न आउनु भएको रहेछ। ठूलै कुरा गर्नुभएको रहेछ। उहाँकै पालामा खरिद गरेको स्वास्थ्य सामाग्रीको प्याकेटलाई सुरक्षा गर्न अहिले हामीले सशस्त्र प्रहरी कार्यालयमा लगेर राखेका छौं।’

वर्तमान राजनीतिक परिस्थितिबारे मन्त्री त्रिपाठीले संसद पुनर्स्थापना र पछिल्लो सर्वोच्चको आदेशपछि संसदभित्र कुस्ती सुरु भएको बताए। 'हिजो बाहिर थियो। अहिले संसदभित्र कुस्ती चलेको छ। यसले देशलाई अस्थिरतातर्फ लैजाने संकेत गरेको छ। यो राम्रो होईन’, मन्त्री त्रिपाठीले भने। 

१ लाखसम्मको स्वास्थ्य बीमा

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा सुरु गरिएका जिल्लामध्ये नवलपरासी ६९ औं रहेको बताए। उनले यो वर्षभित्र बाँकी ८ जिल्लामा पनि कार्यक्रम सुरु गरी सकिने बताए। सरकारले ५ जना परिवारलाई एक युनिट मानेर ३५ सयमा परिवारको बीमा गर्ने गरेको छ। 

त्यसरी बीमा गरिएको ५ जना परिवारले कुल १ लाखसम्मको औषधि उपचार निःशुल्क गर्न पाउने छन्। स्वास्थ्य सेवा सरकारले तोकेको अस्पतालबाट लिनुपर्ने कार्यकारी निर्देशक बसौलाले जानकारी दिए। ५ जनाभन्दा माथि सदस्य भएका परिवारले प्रति व्यक्ति ७ सय थप गर्दै बीमा गर्न सकिने छ। ७० वर्षभन्दा माथिमा जेष्ठ नागरिक, विपन्न परिवार, एचआइभी संक्रमित, कडा रोग भएका, कुष्ठरोग भएका र स्थायी अशक्तका लागि यो बीमा निःशुल्क गरिने छ। बीमा हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ। सरकारले विपन्न नागरिकहरुका लागि लक्षित गरेर २०७२ चैत २५ बाट बीमा सेवा सुरु गरेको कार्यकारी निर्देशक डा. बसौलाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.