अफगान रणमैदान सार्वजनिक

अफगान रणमैदान सार्वजनिक

काठमाडौँ : साहित्यकार केदार सङ्केतको अफगानी रणमैदान एक कार्यक्रमका बीच काठमाडौंमा विमोचन भएको छ । लेखक केदार सङ्केतको युद्ध साहित्य रणमैदान काठमाडौंमा वरिष्ठ साहित्यकार रोचक घिमिरले विमोचन गरेका हुन् । 

समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिले शब्दमा चित्रात्मक अनुभूति गराउन सफल भएको उल्लेख गरे । समालोचक नेत्र एटमले लेखकले भोगाइ कृतिमा उतार्न सफल भएको चर्चा गर्दै बर्बर युद्धको विरोध गरिएको बताए । लेखकले स्पष्ट रूपमा बाह्य आक्रमण हुनुको कारण उल्लेख गर्न नसकेको र आख्यान तत्त्व कमजोर रहेको उनले चर्चा गरे। 

रचनाका प्रधान सम्पादक रोचक घिमिरेले रोजगारीको अवसर नपाएर विदेशिन नेपाली बाध्य भएको प्रसंग उल्लेख गर्दै दश वर्षको अवधिमा एथेन्सको झरी लगायतका कृति ल्याउन सफल लेखकले नेपाली साहित्यमा अझै सशक्त कृति दिने अपेक्षा गरेको बताए।

साहित्यकार गोविन्द भट्टराई यो युद्ध साहित्यको राम्रो किताब भएको बताउँदै यसको अङ्रेजी भाषामा अनुवाद भइरहेको जानकारी दिए।‌  लेखकले अफगानिस्तानबाटै युद्धले विनाश निम्त्याउने र यसको असर भयावह हुने स्पष्ट पारे। लेखक डेढ दशकदेखि अफगानमा तैनाथ छन्।

कार्यक्रममा इल्या भट्टराई, कुमार कोइराला लगायतले आ-आफ्ना भनाइ राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.