‘प्रकाश’को शुभमुहूर्त
काठमाडौं : दिनेश रावत निर्देशित सिनेमा ‘प्रकाश’को शुभमुहूर्त गरिएको छ। मनकामना मन्दिर पुगेर सिनेमाका कलाकार, प्राविधिकले पूजा गरेका छन्। चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ। प्रदीप खड्काको मुख्य भूमिका रहने सिनेमाले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्नेछ।
सिनेमामा प्रदीपको जोडी डेब्यु अभिनेत्री रेनु योगीसँग बाँधिएको छ। दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारको पनि अभिनय रहनेछ।
विनिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमामा महेन्द्र अधिकारीको लगानी रहनेछ। राजेश श्रेष्ठले खिच्ने सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन्। अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा ताराप्रकाश लिम्बू, एलिसा कार्की, दीपक शर्माको संगीत छ।
प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ। सन् २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन्।