उपचार नपाएर सुत्केरीको ज्यान गयो

उपचार नपाएर सुत्केरीको ज्यान गयो

मुगु : समयमै उपचार नपाउँदा सोरु गाउँपालिका–५ नेर गाउँकी एक सुत्केरीको ज्यान गएको छ । सोरु गाउँपालिका- ५ नेर गाउँकी २३ वर्षीया धनलक्ष्मी शाहीको बिहीबार मृत्यु भएको हो। उनले बुधबार छोरीलाई जन्म दिएकी थिइन् तर अत्याधिक रक्तश्राव र साल अडकिएपछि उपचार नपाएर उनको मृत्यु भएको हो।

बुधबार गाउँमै रहेको स्वास्थ्य केन्द्रमा धनलक्ष्मीले छोरी जन्माएकी थिइन।उपचारका लागि उनलाई सदरमुकाम गमगढी ल्याउन दुई दिन लाग्थ्यो। गाँउमा संचार सेवा नहुँदा समयमै सदरमुकाममा फोन गर्न समेत आफन्तले नपाएपछि उपचार अभावमै उनले ज्यान गुमाउनु परेको हो।

उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला अस्पताललाई तत्कालै जानकारी गराएको भएपनि हेलिकोप्टर नआएपछि उनको ज्यान गएको नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाहीले बताए।

संचार सेवाका कारण आफूलाई ढिलो जानकारी आएको र जानकारी आउन बित्तिकै गृह मन्त्रालयमा समन्वयन गरी हेलिकोप्टर काठमाडौंबाट सुर्खेत पुग्दासम्म सुत्केरीको ज्यान गइसकेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए। 

सोरु गाउँपालिकास्थित नेर गाउँमा संचार सुविधा नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेको छ । बिरामी पर्दा वा जिल्ला बाहिर आफन्तलाई फोन गर्न निकै कठिनाइ हुने गरेको सोरु गाँउपालिका-५ का बरम शाहीले बताए । 

जिल्ला सदरमुकामदेखि नेर गाउँ पुग्न पैदल २ दिन लाग्छ । संचार अभाकै कारण दुई वर्षअघि एक सुत्केरीको दुई दिनपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.