मार्शल आर्टमा आयोजकलाई ५ स्वर्ण पदक
![मार्शल आर्टमा आयोजकलाई ५ स्वर्ण पदक](https://annapurnapost.prixacdn.net/media/albums/Marshal-Art_20210313033716_RpT1qdPCIa.jpg)
गुलरिया : बारबर्दिया नगरपालिकास्थित धामपुरमा आयोजना भएको प्रथम राष्ट्रिय पेनकेक सिलात मार्शल आर्ट प्रतियोगितामा आयोजक टीमले ५ वटा स्वर्ण पदक हात पारेको छ। तान्डिङ्ग र तुङ्गल विधाका ११ खेलमा आयोजकसहित सातवटै प्रदेसका ८ टीमबाट ८२ खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन्।
पदक तालिकाको आधारमा गराइएको स्पर्धामा आयोजक टीमले तान्डिङ्ग तर्फ ४०/४५ केजी महिला ६० केजी पुरुष र तुङ्गल विधातर्फ १/१ महिला पुरुषले स्वर्ण पदक हात पारेका छन्। लुम्बिनी प्रदेशले तान्डिङ्गतर्फ ५०/५५ केजी महिला र ४०/५५ केजी पुरुष समूहले स्वर्ण जितेका छन्।
त्यस्तै सुदुरपश्चिम प्रदेशले ५० केजी उमेर समूहको पुरुष तान्डिङ्गमा स्वर्ण पदक हात पारेको नेपाल पेनकेक सिलात मार्शल आर्ट संघ बर्दियाका कार्यवाहक अध्यक्ष खिमबहादुर खड्काले बताए।
बारबर्दिया नगरपालिकाले प्रायोजन गरेको राष्ट्रिय पेनकेक सिलात मार्शल आर्ट प्रतियोगितालाई गुलरिया, वाँसगढी, मधुवन, राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकाले सह-प्रायोजन गरेका हुन्। विश्वभर आर्कषण रहेको मार्शल आर्ट खेल नेपालमा भर्खर विस्तार हुने क्रममा छ। मार्शल आर्टका ३५ खेलाडी मध्ये १ अन्तर्राष्ट्रिय, १४ राष्ट्रिय र बाँकी जिल्लास्तरका खेलाडी छन्। नेपाल पेनकेक सिलात मार्शल आर्ट संघ बर्दियाको आयोजनामा बुधबारदेखि शुरु भएको खेल शनिबार सकिँदै छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)