टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीय आन्दोलित

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीय आन्दोलित

झापा: झापाको कमल गाउँपालिका १ बालुबारीमा टिपरको ठक्करबाट शनिबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।

केर्खाबाट निर्माण सामग्री लिएर हुलाकी राजमार्गतर्फ जाँदै गरेको ना १ क ६१६५ नम्बरको टिपरको ठक्करबाट शिवसताक्षी नगरपालिका ४ डाँडागाउँका २० वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

कमल २ को क्याम्पा बजारतर्फ जाँदै गर्दा मे १ प ३७४७ नम्बरको मोटरसाइकलमा सवार कार्कीलाई टिपरले ठक्कर दिएको थापाले बताए । बिहानको घटनामा चालकले टिपर अगाडि बढाएर नियतवश् ठक्कर दिएर हत्या गरेको र मादक पदार्थ पनि सेवन गरी सवारी चलाएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले मृतकको शव उठाउन समेत दिएका छैनन् ।

टिपर हुलाकी राजमार्गको रतुवामाई कन्काई खण्डको सडक निर्माण गरिरहेको मोतीदान कन्स्ट्रक्सनको रहेको बुझिएको छ । प्रहरी घटनास्थलमा नपुग्दासम्म स्थानीयले चालकलाई घेरेरै राखेका थिए । अहिले प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

स्थानीयबासीले चालकलाई हदैसम्म कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्थाको सहमती नगरेसम्म सडक खोल्न नदिने अडान लिएका छन् । स्थानीयका अवरोधका कारण हुलाकी सडकमा कुनै पनि सवारीका साधन चल्न सकेका छैनन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.