बर्दियामा अवैध काठसहित ट्रयाक्टर नियन्त्रणमा

बर्दियामा अवैध काठसहित ट्रयाक्टर नियन्त्रणमा

गुलरिया: बर्दियाको बारबर्दिया नगरपालिकास्थित अवैध काठसहित दुईवटा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारबर्दिया नगरपालिकादेखि खैरापुरतर्फ काठका गोलिया बोकिरहेको अवस्थामा बानियाभारको प्रहरी गस्तीले लठुवाघाटबाट काठसहितको ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

कानुनी प्रक्रिया पूरा नगरी अवैध रुपमा लैजाँदै गरेको ३१५ दशमलव ७७ घनफिट काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रहरीले सिसौ, सागवन, निम र आँप जातका काठका गोलियाहरु आवस्यक अनुसन्धान र कारवाहीका लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाएको छ । काठ ओसारपसारमा संलग्न भे १ त ९३३१ र भे १ त ४८२१ नम्बरको ट्रयाक्टर सहित काठ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.