मालपोत कार्यालयमा बम विस्फोट : शंकास्पद एकजना प्रहरी नियन्त्रणमा

मालपोत कार्यालयमा बम विस्फोट : शंकास्पद एकजना प्रहरी नियन्त्रणमा

सिरहा : सिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ।  प्रहरीले सोमबार उनलाई सुखीपुर नगरपालिका-२ विद्यानगरबाट नियन्त्रणमा लिएको सिरहा प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले जनाएको छ।

सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको छ। पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालयमा राखी उनीमाथि अनुसन्धान थालिएको एसपी भण्डारीले बताए।

आइतबार भएको विस्फोटमा मालपोतका एक कर्मचारी, एक लेखापढी व्यवसायी र ६ सेवाग्राही गरी ८ जना घाइते भएका छन्। विस्फोटको जिम्मा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.