छक्का पञ्जालाई ६ अवार्ड

छक्का पञ्जालाई ६ अवार्ड

काठमाडौं : चलचित्र प्राविधिक संघको आयोजनामा सम्पन्न १०औं नेफ्टा अवार्डमा ‘प्रसाद’बाट विपिन कार्की र साइँली’ बाट मेनुका प्रधानले उत्कृष्ट नायकनायिकाको अवार्ड जितेका छन्। 

होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले ६÷६ विधामा अवार्ड जिते। ‘छक्का पञ्जा ३’ उत्कृष्ट फिल्म घोषित भयो। ‘छक्का पञ्जा ३’ बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा ‘हरि’ ले जुरी अवार्ड पायो। त्यस्तै, पपुलर नायकको अवार्ड अनमोल केसी र पपुलर नायिकाको अवार्ड साम्राज्ञी आरएल शाहले प्राप्त गरे। कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई ५१ हजार १ सय ११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो।

 २०७५ सालमा प्रदर्शित फिल्मलाई अवार्ड प्रदान गरिएको हो। उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा कलाकारले नृत्य प्रस्तुत गरेका थिए।नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाई नेपालको आयोजनामासम्पन्न भएको हो। कुल ३६ विधामा अवार्डवितरण गरिएको हो। 

कार्यक्रममा उपराष्ट्रपतिसँगै विभिन्न कलाकर्मीले शुभकामना दिएका थिए। नेफ्टा अध्यक्ष पुष्कर लामाले कोरोना कहरबीच थलिएको फिल्म उद्योगलाई गर्माउन आफ्नो संस्थाबाट आयोजित यो कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

अवार्ड संयोजक सुष्मा पौडेल ‘गीता’ले सम्पूर्ण प्राविधिक, कलाकार, सञ्चारकर्मी तथा अवार्ड समारोहलाई सफल बनाउन जोडिएका ब्रान्ड पार्टनरलाई धन्यवाद दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.