‘कृष्णलीला’ का यस्ता पुष्प

‘कृष्णलीला’ का यस्ता पुष्प

काठमाडौं : नयाँ वर्ष २०७८ को कोसेलीस्वरूप चैत २७ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘कृष्णलीला’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। यसअघि ‘कुनै दिन यस्तो पनि’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अवतारमा देखिएका छन्।

दीपक ओली निर्देशित फिल्मको सार्वजनिक पोस्टरले दर्शकमा कौतूहल जगाएको छ। अभिनेता पुष्पलाई मात्र प्रस्तुत गरिएको पोस्टरमा एंग्री बर्डको टीसर्ट लगाएका उनको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चस्मा पहिरिएका छन्। उनको यो भिन्न ‘लुक’ र ‘गेटअप’ले अहिले बजार तताएको छ। पुष्पको ‘लुक’बारे निर्देशक ओली भन्छन्, ‘फिल्ममा केही विशेष छ। त्यसका लागि चैत २७ सम्म कुर्नै पर्छ।’

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईं, आयुषा क्षेत्री, पीताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ। आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ तथा सहनिर्मातामा पीताम्बर आचार्य र रोजन श्रेष्ठ छन्। 

आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने फिल्म शिव ढकाल र बाबु श्रेष्ठले खिचेका हुन्। इलाम, झापा र पाँचथरका विभिन्न स्थानमा खिचिएको फिल्मको लेखन लक्ष्मण सुवेदी, द्वन्द्व श्री श्रेष्ठ, संगीत अर्जुन पोखरेल र कोरियोग्राफी रामजी लामिछानेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.