इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११८ पुग्यो

इन्धनको मूल्य फेरि बढ्यो : पेट्रोल ११८ पुग्यो

काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार साँझ आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । 

अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुगेको छ भने डिजेल र मट्टीतेल १०१ पुगेको छ । निगमले हवाई इन्धनको खुद्रा मूल्यसमेत प्रतिलिटर दुई रुपैयाँले बढाएको छ । 

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन भने यथावत कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मंगलबार साँझ वृद्धि भएको इन्धनको मूल्य राति १२ बजेदेखि लागू हुने प्रवक्ता उपाध्यायले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.