ओलीले बिहीबार बोलाए एमाले संसदीय दलको बैठक : नेपाल पक्ष नजाने

ओलीले बिहीबार बोलाए एमाले संसदीय दलको बैठक :  नेपाल पक्ष नजाने

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेको संसदीय दलको बैठक डाकेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको बताइएको छ। तर ,संसदीय दलको बैठकमा माधव नेपाल पक्ष भने नजाने भएको छ।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' - माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्। नेकपा एमाले वरिष्ठ नेता  र खनाल समूहले ओलीको चरम गुटबन्दीका कारण पार्टी समस्याग्रस्त बनेको आरोप लगाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.