प्रेम प्रस्ताव नमान्दा हत्या : हत्याको एक वर्षपछि आरोपी पक्राउ

प्रेम प्रस्ताव नमान्दा हत्या : हत्याको एक वर्षपछि आरोपी पक्राउ

दाङ : प्रेम प्रस्ताव स्वीकार नगर्दा सल्यानको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या भएको पाइएको छ। एक वर्षपछि हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा यो रहस्य खुलेको हो। 

हत्या आरोपमा त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राका १६ वर्षीय कृष्ण थापालाई जिल्ला प्रहरी कार्यालय सल्यानले मंगलबार सार्वजनिक गरेको छ। २०७६ फागुन २ गते प्रणय दिवसका दिन राति करिब १२ बजे बोहराको हत्या भएको थियो। 

एक वर्षदेखिको मेहनत र गहिरो अनुसन्धानपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए। कवितालाई एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि आफूले हत्या गरेको थापाले प्रहरीसँगको बयानमा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। छिमेकी दिदीको छोरा नाता पर्ने थापाले कवितालाई एकतर्फी प्रेम गरेको र पटक–पटक प्रेम प्रस्ताव गर्दा चासो नदिएपछि हत्या गर्ने योजना बनाएका थिए। 

उनले बयानमा भनेका छन्, ‘मेरो हुँदैन भने उसलाई पनि कसैको हुन दिन्नँ भनेर हत्या गरेको हु। अरूसँग प्रेम सम्बन्ध गाँसेको थाहा पाएपछि यस्तो गरेको हुँ।’ २०७६ फागुन २ गते राति १२ देखि १ बजेको बीचमा कविता गोठ नजिकको भकारोको डिलमा मोबाइलमा कुरा गरिरहेको अवस्थामा थापाले खुकुरी प्रहार गरेका अनुसन्धानबाट खुलेको छ। 

त्यसपछि चिच्याउँदै डिलबाट लडेकी उनको घाँटीमा पनि खुकुरी प्रहार गरेको थापाले प्रहरीलाई बताएका छन्। एक वर्षको अवधिमा प्रहरीले तालिमप्राप्त कुकुर प्रयोग गर्दै दुई दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानमा थापा पनि पक्राउ परेका थिए तर प्रमाण नभेटिएपछि छुटेका थिए। 

कविता जनता मावि काभ्रामा कक्षा ९ मा अध्ययनरत थिइन्। प्रणय दिवसकै दिन हत्या भएकाले प्रेमकै कारण हत्या भएको ठहर गर्दै प्रहरीले अनुसन्धान थालेको थियो। कविताको फोन र म्यासेज गर्ने व्यक्तिको लोकेसन घटनास्थलभन्दा टाढाको दूरीमा देखिएपछि फरक ढंगले अनुसन्धान गरिएको निरीक्षक वलीले बताए। थापा र बोहोराको घरको दूरी करिब ५ सय मिटरको फरकमा छ। 

एउटै विद्यालयको फरक कक्षामा अध्ययन गर्ने कवितालाई कृष्णले दुई वर्षअघिदेखि मन पराउँथे। विद्यालय जाँदा ब्यागमा प्रेमपत्र हालिदिने तर जवाफ नआउने भएपछि कविता अरू कसैसँग प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि आफूलाई पीडा भएको उनले प्रहरीलाई बताएका छन्। 

आरोपित थापा १८ वर्षभन्दा मुनिका भएकाले जिल्ला अदालतको अनुमतिमा बाल सुधार केन्द्र नेपालगन्जमा राखिएको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए। घटनाको अनुसन्धानमा जुटेका प्रहरी निरीक्षक वलीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले सम्मान गरेको छ।  


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.