गुटगत भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दल बैठकको निर्णय

गुटगत भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दल बैठकको निर्णय

काठमाडौं : केपी ओली नेतृत्वको नेकपा एमाले संसदीय दलको बैठकले गुटगत भेला नगर्न सांसदलाई निर्देशन दिएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पार्टीबाहेक अन्य भेलामा नजानसमेत सांसदहरुलाई निर्देशन दिइएको छ। बैठकले दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन सांसदलाई आह्वान गर्दै दलको बैठकको निर्णय नमाने कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै आएका थिए। यस्तै बिहीबारको बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। बैठकले २७ सदस्यीय संसदीय दलको बोर्ड गठन समेत गरेको छ।

प्रधानमन्त्रीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गएका नेपाल पक्षका केही सांसद भने बालुवाटार नपुग्दै फर्किएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.